हिमालयन बैंकद्वारा साधारण सभा आह्वान, प्रिमियममा एफपीओ निष्काशन गर्ने

काठमाडौं । हिमालयन बैंकले ३२ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले सभा पुस २९ गते नेपाल आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान १० बजे डाकेको हो ।

बैंकले सभामा प्रिमियममा ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्काशन गर्ने प्रस्ताव हुनेछ । एफपीओ निष्काशनपछि जारी र चुक्ता पुँजीमा वृद्धि हुने भएकाले त्यसअनुसार प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।

बैंकले लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ । सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ती गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

बैंकले सभा प्रयोजनका लागि पुस १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ, पुस १७ गतेसम्म कायम सेयरधनीहरुले सभामा भाग लिन योग्य हुनेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स