काठमाडौं । महालक्ष्मी विकास बैंकले वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले सभा पुस २९ गते
एलिस रिसेप्सन सुवर्ण सम्शेर मार्ग ग्रह्रीधारा काठमाडौंमा बिहान १० बजे डाकेको हो ।
सभामा आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरुलाई ३ प्रतिशत बोनस सेयर र कर सहित ४ प्रतिशत नगद लाभांश गरी जम्मा ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।
यस्तै, सभामा आर्थिक वर्ष २०८०/८१ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।
सभा प्रयोजनका लागि कम्पनीले पुस १६ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस १४ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।