कृषि विकास बैंकद्वारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाडौं । कृषि विकास बैंकले १८ औं वर्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले सभा पुस २९ गते बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे, भक्तपुरमा बिहान ११ बजे डाकेको हो ।

बैंकले सभामा ३ प्रतिशत बोनस सेयर र ७.५३ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

सभामा आर्थिक वर्ष २०८०/८१ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।

सभा प्रयोजनार्थ बैंकले पुस १६ बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस १५ गते तमु ल्होसारको अवसरमा सार्वजनिक विदा परेकोले पुस १४ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स