काठमाडौं । गरिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘गरिमा समृद्धि योजना’ को इकाईमा आजबाट आवेदन दिन सकिने भएको छ ।
गरिमा विकास बैंक कोष प्रवद्र्घक तथा गरिमा क्यापिटल योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष गरिमा म्युचूअल फण्ड अन्तर्गत पहिलो बन्दमुखी योजनाको रुपमा एक अर्ब रूपैयाँ बराबरको यस योजनामा आज पुस ७ गतेबाट सार्वजनिक रुपमा निष्काशन भएको हो ।
प्रति इकाइ मुल्य १० रूपैयाँदरको १० करोड इकाइमध्ये बीज पुँजी वापत १ प्रतिशत अर्थात १० लाख इकाई यानेजना व्यवस्थापक गरिमा क्यापिल, १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई कोष प्रवद्धक गरिमा विकास बैंकका लागि गरी कुल निष्काशन गरिने इकाइको जम्मा १५ प्रतिशत सुरक्षित राखि बाँकी न्यूनतम ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।
लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा १ करोड इकाइका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु (आस्वा सदस्य) का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।
यो योजनाको इकाई बिक्री बन्द छिटोमा पुस ११ गते र ढिलोमा पुस २१ गते बैंकिङ समयपछि हुनेछ ।