काठमाडौं । आज शनिबार अमेरिकी डलरको भाउ घटेको छ । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य घटेको हो ।
विगत तीनदिनसम्म लगातार उच्च मूल्यको रेकर्ड बनाइरहेका अमेरिकी डलरको मूल्य पनि आज थोरै घटेको छ ।
हिजो घटेको अस्ट्रेलियन डलर, पाउन्ड, कुवेती दिनार, युरोसहितका विदेशी मुद्राको मूल्य आज थप घटेको हो । विगत चार दिनदेखि अस्ट्रेलियन डलरको मूल्य लगातार गिरावट आइरहेको छ। आज पाउन्ड स्ट्रर्लिङको मूल्यमा पनि उच्च गिरावट आएको छ।
राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ७३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ३३ पैसा छ।
हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ४२ पैसा थियो।
आज युरो एकको खरिदर एक सय ४१ रुपैया र बिक्रीदर एक सय ४१ रुपैयाँ ६२ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४१ रुपैयाँ ३९ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ०१ पैसा थियो।
पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ६९ रुपैयाँ ७२ पैसा र बिक्रीदर एक सय ७० रुपैयाँ ४७ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ४१ पैसा थियो।
आज अस्ट्रेलियन डलर एकको खरिदर ८४ रुपैयाँ ५० र बिक्रीदर ८४ रुपैयाँ ८७ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८४ रुपैयाँ ८८ र बिक्रीदर ८५ रुपैयाँ २६ पैसा थियो।
कुवेती दिनार एकको खरिददर चार सय ४० रुपैयाँ ४२ पैसा र बिक्रीदर चार सय ४२ रुपैयाँ ३६ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ४० रुपैयाँ ९७ पैसा र बिक्रीदर चार सय ४२ रुपैयाँ ९२ पैसा थियो।
आज बहराइन दिनार एकको खरिददर तीन सय ५९ रुपैयाँ ७२ पैसा र बिक्रीदर तीन सय ६१ रुपैयाँ ३३ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ६० रुपैयाँ ०७ पैसा र बिक्रीदर तीन सय ६१ रुपैयाँ ६६ पैसा थियो।