काठमाडौं । आज शुक्रबार पनि अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बनेको छ । विगत तीन दिनदेखि अमेरिकी डलरले दिनहुँ नयाँनयाँ रेकर्ड कायम गरेको हो । बुधबार र बिहीबार पनि अमेरिकी डलरले सबैभन्दा महँगो मूल्यको रेकर्ड बनाएको छ।
अस्ट्रेलियन डलर, पाउन्ड, कुवेती दिनार, युरोसहितका विदेशी मुद्राको मूल्य भने घटेको छ। विगत तीन दिनदेखि अस्ट्रेलियन डलरको मूल्य लगातार घटिरहेको छ।
राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ४२ पैसा छ। अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै उच्च हो।
हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ २३ पैसा थियो।
अस्ती अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ५४ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ १४ पैसा थियो।
आज युरो एकको खरिदर एक सय ४१ रुपैयाँ ३९ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ०१ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४२ रुपैयाँ ४२ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ०५ पैसा थियो।
पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ४१ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७२ रुपैयाँ ४५ पैसा र बिक्रीदर एक सय ७३ रुपैयाँ २२ पैसा थियो।
आज अस्ट्रेलियन डलर एकको खरिदर ८४ रुपैयाँ ८८ र बिक्रीदर ८५ रुपैयाँ २६ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ६३ र बिक्रीदर ८६ रुपैयाँ ०१ पैसा थियो।
कुवेती दिनार एकको खरिददर चार सय ४० रुपैयाँ ९७ पैसा र बिक्रीदर चार सय ४२ रुपैयाँ ९२ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ४० रुपैयाँ ९९ पैसा र बिक्रीदर चार सय ४२ रुपैयाँ ९५ पैसा थियो।
आज बहराइन दिनार एकको खरिददर तीन सय ६० रुपैयाँ ०७ पैसा र बिक्रीदर तीन सय ६१ रुपैयाँ ६६ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ५९ रुपैयाँ ५७ पैसा र बिक्रीदर तीन सय ६१ रुपैयाँ १६ पैसा थियो।