नागरिक लगानी कोषले गर्यो अध्यक्ष भट्टराई र सञ्चालक साउदलाई बिदाई

काठमाडौं । नागरिक लगानी कोषका अध्यक्ष प्राडा. रामचन्द्र भट्टराई र कोष सञ्चालक चन्द्रसिंह साउदलाई कोषले बिदाई गरेको छ । कोषका अध्यक्ष डा.भट्टराईलाई २०७५ असोज २१ मा मन्त्रिपरिषदले नियुक्त गरेको थियो । उमेर हदको कारण अर्थमन्त्रालयको कार्तिक २८ को पत्र अनुसार डा. भट्टराईको पदावधि समाप्त भएको हो ।

बिदाई कार्यक्रममा डा.भट्टराईले बोर्ड र कार्यकारी निर्देशक बीचको लिंकेजलाई निरन्तरता दिनु पर्ने बताउँदै आफूले ३७ महिनाको कार्यकालमा धेरै नै विषयहरु सिक्न पाएको बताए ।

त्यसैगरी संचालक साउदले आफनो कार्यकालमा प्राप्त सहयोगको लागि सबै संचालकहरुलाई धन्यवाद दिए । कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण नेपालले कोष अध्यक्ष र संचालक सहयोगको सरहना गरे । उनले संस्थाको कार्यलाई विधिसम्वत तरिकाले अघि बढाउदै लैजाने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स