अमेरिकी डलरको भाउ हालसम्मकै महँगो, अन्यको भाउ कति ?

काठमाडौं । आज बिहीबारं अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च बनेको छ । अमेरिकी डलरले दिनहुँ महँगो मूल्यको नयाँ रेकर्ड कायम गरिरहेको छ । हिजो र अस्ती पनि अमेरिकी डलरले सबैभन्दा महँगो मूल्यको रेकर्ड बनाएको छ ।

पाउन्ड, कुवेती, बहराइन दिनार, युरोसहितका विदेशी मुद्राको मूल्य पनि बढेको छ । तर, अस्ट्रेलियन डलर भने सस्तिएको छ । हिजो र अस्ति पनि अस्ट्रेलियन डलरको मूल्य घटेको थियो ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ २३ पैसा छ । अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै उच्च हो ।

हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ५४ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ १४ पैसा थियो।

युरो एकको खरिदर एक सय ४२ रुपैयाँ ४२ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ०५ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४२ रुपैयाँ १७ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ८० पैसा थियो।

पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७२ रुपैयाँ ४५ पैसा र बिक्रीदर एक सय ७३ रुपैयाँ २२ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७२ रुपैयाँ ०५ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ८२ पैसा थियो।

आज अस्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ६३ र बिक्रीदर ८६ रुपैयाँ ०१ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ९७ र बिक्रीदर ८६ रुपैयाँ ३५ पैसा थियो।

कुवेती दिनार एकको खरिददर चार सय ४० रुपैयाँ ९९ पैसा र बिक्रीदर चार सय ४२ रुपैयाँ ९५ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ४० रुपैयाँ ५७ पैसा र बिक्रीदर चार सय ४२ रुपैयाँ ५२ पैसा थियो।

आज बहराइन दिनार एकको खरिददर तीन सय ५९ रुपैयाँ ५७ पैसा र बिक्रीदर तीन सय ६१ रुपैयाँ १६ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ५९ रुपैयाँ ३३ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ९२ पैसा थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स