नेपाल बैंकर्स संघको साधारणसभा सम्पन्न, अध्यक्षमा सन्तोष कोइराला निर्विरोध निर्वाचित 

काठमाडौं । नेपाल बैंकर्स संघले आफ्नो ३८ औं वार्षिक साधारणसभा सम्पन्न भएकोे छ । सो साधारण सभामा अध्यक्ष, उपाध्यक्ष तथा कार्यकारिणी समितिका तीन जना सदस्यहरुको निर्वाचनको कार्यक्रम समेत रहेकोमा सभाले संघको अध्यक्षमा माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालालाई निर्विरोध निर्वाचित गरेको छ । उनी यस अघि संघको उपाध्यक्ष थिए ।
साथै, उपाध्यक्ष पदमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र राज रेग्मी निर्विरोध निर्वाचित भएका छन् ।
यसैगरी सो साधारण सभाले कार्यकारिणी समितिका तीन जना सदस्यहरुमा सुदेश खालिङ, प्रमुख कार्यकारी अधिकृत, एभरेष्ट बैंक लिमिटेड; राम चन्द« खनाल, प्रमुख कार्यकारी अधिकृत, कुमारी बैंक लिमिटेड; र तिलक राज पाण्डेय, प्रमुख कार्यकारी अधिकृत, नेपाल बैंक लिमिटेडलाई निर्विरोध निर्वाचित गरेको छ ।
साधारण सभाको निर्णय पश्चात् संघको कार्यकारिणी समिति निम्नानुसार रहेको छ ः
१. श्री सन्तोष कोइराला, प्रमुख कार्यकारी अधिकृत, माछापुच्छ«े बैंक लि.                   अध्यक्ष
२.श्री सुरेन्द« राज रेग्मी, प्रमुख कार्यकारी अधिकृत, ग्लोबल आइएमई बैंक लि.               उपाध्यक्ष
३. श्री अशोक शेरचन, प्रमुख कार्यकारी अधिकृत, प्रभु बैंक लि.                                सदस्य
४. श्री निश्चल राज पाण्डे, प्रमुख कार्यकारी अधिकृत, सानिमा बैंक लि.                         सदस्य
५. श्री सञ्जिब मानन्धर, प्रमुख कार्यकारी अधिकृत, प्राइम कमर्सियल बैंक लि.                 सदस्य
६. श्री सुन्दर प्रसाद कडेल, प्रमुख कार्यकारी अधिकृत, सिद्धार्थ बैंक लि.                       सदस्य
७. श्री राम चन्द« खनाल,  प्रमुख कार्यकारी अधिकृत, कुमारी बैंक लि.                        सदस्य
८. श्री सुदेश खालिङ, प्रमुख कार्यकारी अधिकृत, एभरेष्ट बैंक लि.                              सदस्य
९. श्री तिलक राज पाण्डेय, प्रमुख कार्यकारी अधिकृत, नेपाल बैंक लि.                        सदस्य
साथै, निवर्तमान अध्यक्ष सुनिल के.सी. कार्यसमितिको पदेन सदस्यको रुपमा रहने छन् भने पूर्व अध्यक्षहरु अशोक शमसेर ज.ब.राणा र ज्ञानेन्द« प्रसाद ढुंगाना कार्यसमितिको सल्लाहकारको रुपमा रहने छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स