काठमाडौं । आजदेखि नेपाल बैंकर्स संघको नयाँ कार्यकारिणी समिति गठन भएको छ । संघले आफ्नो ३८ औं वार्षिक साधारणसभा सम्पन्न गरेको जसले सन्तोष कोइरालाको नेतृत्वमा नयाँ कार्यकारिणी समिति चयन गरेको हो ।
सो साधारण सभामा अध्यक्ष, उपाध्यक्ष तथा कार्यकारिणी समितिका तीन जना सदस्यहरुको निर्वाचनको कार्यक्रम समेत रहेकोमा सभाले संघको अध्यक्षमा माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृतसन्तोष कोइरालालाई निर्विरोध निर्वाचित गरेको हो । उनी यस अघि संघको उपाध्यक्ष रहेका थिए ।
साथै, उपाध्यक्ष पदमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ी सुरेन्द« राज रेग्मी निर्विरोध निर्वाचित भएका छन् ।
यसै गरी सो साधारण सभाले कार्यकारिणी समितिका तीन जना सदस्यहरुमासुदेश खालिङ, प्रमुख कार्यकारी अधिकृत, एभरेष्ट बैंक लिमिटेड; राम चन्द« खनाल, प्रमुख कार्यकारी अधिकृत, कुमारी बैंक लिमिटेड; तिलक राज पाण्डेय, प्रमुख कार्यकारी अधिकृत, नेपाल बैंक लिमिटेड लाई निर्विरोध निर्वाचित गरेको छ ।
साधारण सभाको निर्णय पश्चात् संघको कार्यकारिणी समिति निम्नानुसार रहेको छ ः
सन्तोष कोइराला, प्रमुख कार्यकारी अधिकृत, माछापुच्छ्रे बैंक लि अध्यक्ष
सुरेन्द« राज रेग्मी, प्रमुख कार्यकारी अधिकृत, ग्लोबल आइएमई बैंक लि उपाध्यक्ष
अशोक शेरचन, प्रमुख कार्यकारी अधिकृत, प्रभु बैंक लि सदस्य
निश्चल राज पाण्डे, प्रमुख कार्यकारी अधिकृत, सानिमा बैंक लि सदस्य
सञ्जिब मानन्धर, प्रमुख कार्यकारी अधिकृत, प्राइम कमर्सियल बैंक लि सदस्य
सुन्दर प्रसाद कडेल, प्रमुख कार्यकारी अधिकृत, सिद्धार्थ बैंक लि सदस्य
राम चन्द« खनाल, प्रमुख कार्यकारी अधिकृत, कुमारी बैंक लि सदस्य
सुदेश खालिङ, प्रमुख कार्यकारी अधिकृत, एभरेष्ट बैंक लि सदस्य
तिलक राज पाण्डेय, प्रमुख कार्यकारी अधिकृत, नेपाल बैंक लि सदस्य
निवर्तमान अध्यक्ष श्री सुनिल के.सी. कार्यसमितिको पदेन सदस्यको रुपमा रहनु हुनेछ भने पूर्व अध्यक्षहरु अशोक शमसेर ज.ब.राणा र श्री ज्ञानेन्द« प्रसाद ढुङ्गाना कार्यसमितिको सल्लाहकारको रुपमा रहने द्धन् ।