नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला निर्वाचित, उपाध्यक्षमा रेग्मी

काठमाडौं । नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला निर्विरोध निर्वाचित भएका छन् । संघको नयाँ कार्यसमिति चयनबारे औपचारिक घोषणा भने बुधबार बस्ने संघको साधारणसभाले गर्नेछ ।

कोइराला माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत समेत हुन् ।

संघको नयाँ कार्यसमितिका लागि उम्मेदवार दिने म्याद सोमबारसम्म रहेकोमा अध्यक्षमा कोइरालाको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध अध्यक्ष चयन भएका हुन् ।

प्रभु बैंकका सीईओ अशोक शेरचन अध्यक्षको दाबी छाड्न तयार भएपछि कोइरालालाई जिम्मेवारी दिएको हो ।

त्यस्तै, संघको उपाध्यक्षमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र रेग्मी चयन भएका छन् ।

संघमा रिक्त रहेको तीनजना सदस्यको पदमा एभरेस्ट बैंकका सुदेश खालिङ, कुमारी बैंकका रामचन्द्र खनाल र नेपाल बैंकका तिलकराज पाण्डेय सर्वसम्मत रूपमा चयन भएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स