पुस महिनाका लागि वाणिज्य बैंकहरुले सार्वजनिक गरे ब्याजदर, कसको कति ?

काठमाडौं । वाणिज्य बैंकहरुले पुस महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् । पुस महिनाका लागि अधिकांश वाणिज्य बैंकहरुले मंसिरकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

जसमा प्राइम कमर्सियल बैंक, कृषि विकास बैंक र एनएमबि बैंकले पुस महिनाका लागि ब्याजदर बढाएर सार्वजनिक गरेका छन्।

एनआईसी एशिया बैंक र नेपाल बैंकले भने ब्याजदर घटाएका छन् ।

त्यस्तै, लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, सिटिजन्स बैंक, ग्लोबल आईएमई बैंक, सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, नेपाल एसबीआई बैंक, एभरेष्ट बैंक, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक, स्ट्याण्डर्ड चार्टर्ड र हिमालयन बैंकले मंसिरकै ब्याजदरलाई पुसका लागि पनि निरन्तरता दिएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स