दिनदिनै रेकर्ड तोड्दै अमेरिकी डलर, नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर, अन्य मुद्राको भाउ कति ?

काठमाडौं । आज शुक्रबार अमेरिकी डलरको भाउले नयाँ रेकर्ड राखेको छ । अमेरिकी डलरको भाउ बढेसँगै नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर बनेको छ ।

राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ४८ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ०८ पैसा छ । अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै उच्च हो ।

आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च बनेको छ । अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहितका मुद्राको पनि आज मूल्य बढेको छ ।

बुधबार अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ४७ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ०७ पैसा पुगेको थियो। हिजो भने अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ४४ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ०४ पैसामा झरेको थियो।

आज युरो एकको खरिदर एक सय ४२ रुपैयाँ २९ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ९२ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४२ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ८३ पैसा थियो।

पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७२ रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ७३ रुपैयाँ ४३ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७२ रुपैयाँ ४० पैसा र बिक्रीदर एक सय ७३ रुपैयाँ १७ पैसा थियो।

आज अस्ट्रेलियन डलर एकको खरिदर ८६ रुपैयाँ ८० र बिक्रीदर ८७ रुपैयाँ १९ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ९७ र बिक्रीदर ८६ रुपैयाँ ३५ पैसा थियो।

आज कुवेती दिनार एकको खरिददर चार सय ४० रुपैयाँ ५३ पैसा र बिक्रीदर चार सय ४२ रुपैयाँ ४८ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ४० रुपैयाँ २० पैसा र बिक्रीदर चार सय ४२ रुपैयाँ १५ पैसा थियो।

बहराइन दिनार एकको खरिददर तीन सय ५९ रुपैयाँ १७ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ७६ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ५८ रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ५६ पैसा थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स