नेपाल एसबिआई बैंकका ग्राहकलाई मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुपमा विशेष छुट

काठमाडौं । नेपाल एसबिआई बैंक र पोखरामा रहेको मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुप (नेपाल)प्रा.लि.बीच नेपाल एसबिआई बैंकका सम्पूर्ण ग्राहकहरुलाई लक्षित गरी मणिपाल टिचिङ हस्पिटल र मणिपाल कलेज अफ मेडिकल साईन्स्मा विभिन्न स्वास्थ्य सेवाहरुमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्र नेपाल एसबिआई बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देको उपस्थितिमा बैंकका गण्डकी प्रदेश प्रमूख,मिन बहादूर गुरुङ तथा मेडिकल ग्रुपका प्रमुख कार्यकारी अधिकृत,अनिल ओदूभिलबीच सम्पन्न भएको थियो ।

सो कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत राजेश कुमार पंडा, प्रमुख संचालन अधिकृत विकास आनन्द, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत रितेश अर्याल र बैंक तथा मेडिकल ग्रुपका अन्य पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।

यस सम्झौताबाट ग्राहकवर्गले बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरी हस्पिटलले प्रदान गर्दै आएको विभिन्न स्वास्थ्य सेवाहरुमा १० देखि १०० प्रतिशतसम्मको छुट सुविधा उपयोग गर्न सक्नेछन् ।

हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स