काठमाडौं । प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ३५ हजार ३०१ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।
उक्त सेयरमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि उक्त सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।
बैंकले यो सेयरको भाउ भने तोकेको छैन । यसमा सेयर खरिद गर्न इच्छुक संस्थापकले १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ ।