काठमाडौं । हिमालयन बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ४ लाख ८ हजार ५६२ कित्ता सेयर बिक्रीमा राखिएको हो।
उक्त सेयरमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि उक्त सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।
सेयर खरिद गर्न इच्छुकले आज मंसिर २६ गतेदेखि १५ दिन भित्र यस बैंकको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाइ आवेदन दिनु पर्नेछ ।