राष्ट्र बैंकले आज फेरि बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्ने

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै नेपाल राष्ट्र बैंकले आज फेरि ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । राष्ट्र बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ४० अर्ब रुपैयाँ झिक्न लागेको हो ।

अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह २ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो । जसको साँवा तथा ब्याज भुक्तानी पुस १७ गते हुनेछ ।

निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्ने बैंकले जनाएको छ ।

रेमिटेन्समा आएको बढोत्तरीले बैंकिङ प्रणालीमा निरन्तर निक्षेप बढेपनि सोही अनुपातमा कर्जा लगानी हुन नसक्दा लामो समयदेखि बैंकिङ प्रणालीमा अधिक तरलताको समस्या रहँदै आएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स