काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ ।
बैंकको मंसिर २६ गते बैंकको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
बैठकले गत आवको अन्त्यसम्म कायम रहेको वितरणयोग्य मुनाफासहितको रकम ऋणपत्रको भुक्तानी कोषमा जम्मा गर्ने र लाभांश वितरण नगर्ने प्रस्तावसहितको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको छ ।