वाणिज्य बैंकहरुको नाफा २२ अर्ब २९ करोड, नबिल अग्रस्थानमा हुँदा अन्यको के छ अवस्था ?

काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा वाणिज्य बैंकहरुले २२ अर्ब बढी खुद नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २० वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा २२ अर्ब २९ करोड ८६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको हो ।

असोजको तुलनामा बैंकहरुको खुद नाफा ३७.७४ प्रतिशतले बढेको छ । असोजसम्म वाणिज्य बैंकहरुले कुल १६ अर्ब १८ करोड ९४ लाख रुपैयाँ खुद नाफा गरेका थिए ।

कात्तिकसम्म सबैभन्दा बढी नाफा आर्जन गर्नेमा नबिल बैंक रहेको छ । नबिलले कात्तिकसम्म २ अर्ब ६९ करोड १० लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको यसैअवधिमा बैंकले २ अर्ब १६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै, ग्लोबल आइएमई बैंकले २ अर्ब ११ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यसैअवधिमा बैंकले १ अर्ब ९४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ८२ करोड, प्राइम कमर्सियल बैंकले १ अर्ब ६२ करोड ६० लाख रुपैयाँ खुद नाफा गरेको छ ।

कात्तिकसम्म कुमारी बैंकले १ अर्ब ५९ करोड रुपैयाँ, एभरेष्ट बैंकले १ अर्ब ५० करोड ९० लाख, एनएमबिले १ अर्ब ४८ करोड ३० लाख, प्रभु बैंकले १ अर्ब २३ करोड १० लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ अर्ब १३ करोड ७० लाख, लक्ष्मी सनराइज बैंकले १ अर्ब ६ करोड ९० लाख र नेपाल एसबिआई बैंकले १ अर्ब ७० लाख रुपैयाँ खुद नाफा गरेको छ ।

नेपाल बैंकले ९३ करोड ८० लाख, हिमालयन बैंकले ९१ करोड ८० लाख, माछापुच्छ्रेले ६८ करोड ९० लाख, सिद्धार्थ बैंकले ६६ करोड ७० लाख, सानिमा बैंकले ६५ करोड १० लाख रुपैयाँ खुद नाफा गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंकले कात्तिकसम्म ५५ करोड २० लाख रुपैयाँको खुद नाफा गरेको छ ।

एनआईसी एशिया बैंकले ३८ करोड ८० लाख रुपैयाँ, सिटिजन्स बैंकले ४३ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

त्यस्तै, कृषि विकास बैंकको नाफा २२ करोड ७७ लाख रुपैयाँ ऋणात्मक देखिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स