काठमाडौं । आज आइतबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, दिनार, युरो, पाउन्डसहित सबैजसो विदेशी मुद्राको विनियमदर स्थिर रहेको हो ।
हिजो (शनिबार) जुन मूल्यमा कारोबार भएको थियो, आज पनि सबैजसो विदेशी मुद्राको कारोबार सोही मूल्यमा हुनेछ ।
राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ८१ पैसा छ । हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।
आज युरो एकको खरिदर एक सय ४३ रुपैयाँ ०७ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ७१ पैसा छ । पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७२ रुपैयाँ ५७ पैसा र बिक्रीदर एक सय ७३ रुपैयाँ ३३ पैसा छ।
आज अस्ट्रेलियन डलर एकको खरिदर ८६ रुपैयाँ ८३ र बिक्रीदर ८७ रुपैयाँ २१ पैसा छ।
कुवेती दिनार एकको खरिददर चार सय ४० रुपैयाँ ०५ पैसा र बिक्रीदर चार सय ४२ रुपैयाँ छ।
आज बहराइन दिनार एकको खरिददर तीन सय ५८ रुपैयाँ ५५ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ १४ पैसा छ।