माछापुच्छ्रे बैंकको संचालक समिति हेरफेर

काठमाडौं । माछापुच्छ्रे बैंकको संचालक समिति हेरफेर भएको छ ।
माछापुच्छ्रे बैंक लिमिटेडको सञ्चालकमा अनिश शाह नियुक्त भएका हुन् ।

त्यस्तै गरि संस्थापक सेयर तर्फबाट रिक्त सञ्चालक पदमा बैंकले मुकुन्द महतलाई नियुक्त गरेको हो ।

मंसिर २० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले रिक्त सञ्चालक शाह र महतलाई नियुक्त गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।

सञ्चालक हरिभक्त सिग्देलको राजीनामापछि समितिले नयाँ सञ्चालक नियुक्त गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स