काठमाडौं । सिटिजन्स बैंकले पहिलो पटक सन् २०२४ को ‘बैंक अफ द इयर’ अवार्ड प्राप्त गरेको छ ।
बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका ‘दि बैंकर’ले सन् २०२४ को ‘बैंक अफ दि इयर’ सिटिजन्स बैंकले प्राप्त गरेको हो ।
बिहीबार बैंकका अध्यक्ष प्रवलजंग पाण्डे र प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेलले लण्डनमा आयोजित कार्यक्रममा अवार्ड ग्रहण गरेका हुन् । अवार्ड वितरण समारोहमा डेढ सय देशका बैंकका अध्यक्ष, सीईओ, सीएफओ र अन्य वरिष्ठ प्रबन्धकको सहभागिता थियो ।
आधा दर्जनभन्दा बढी बैंक तथा वित्तीय संस्थालाई गाभेर बनेको ‘क’ वर्गको वाणिज्य बैंक हो। अहिले बैंकले ग्रामिण तथा दुर्गम क्षेत्र र बैकिङ सेवाबाट वञ्चित व्यक्ति तथा संघसंस्थालाई बैंकको दायरामा ल्याएर निक्षेप परिचालन बढाउन बैंक लागि परेको छ ।
बैंकका अन्य सेवाहरुको सन्तुलित रुपमा बजारीकरण गर्दै व्यवसाय विस्तारमा लाग्ने, आधुनिक प्रविधि तथा सफ्टवेयर प्रयोग गरी प्रत्यक्ष रुपमा ग्राहक बैंक समक्ष प्रस्तुत हुन नपर्ने गरी बैकिङ सुविधा प्रदान गर्दै आएको छ ।
बैंकले समय सापेक्ष प्रविधिमा आधारित नयाँ सेवाहरुको विकास गर्ने, विभिन्न व्यवसायिक संघ–संस्था लगायत व्यक्तिगत ग्राहकहरुसँगको सम्बन्ध सुमधुर बनाउनका लागि छिटो एवं छरितो तवरले ग्राहकमुखी सेवाहरु उपलब्ध गराएको छ ।
बैंकको समग्र जोखिम व्यवस्थापनको आधारभूत पक्षहरुलाई मजबुत बनाई उल्लिखित चुनौतीको समाधान गर्ने र बैंकको आन्तरिक कार्य प्रणालीमा खर्च मितव्ययिता अपनाई निर्धारित लक्ष्य प्राप्त गर्ने रणनीति अवलम्बन गरेको छ । साथै बैंकले निष्कृय कर्जा तथा पाकेको ब्याज तथा कर्जाको भाका नाघेका ऋणीहरुको उचित व्यवस्थापन गरी वितरणयोग्य मुनाफा वृद्धि गर्ने नीति पनि लिएको छ ।
प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकमा एउटा प्रणाली बनाएका छन् । बैंकको सबै काम सिस्टममै चल्छ । सीईओ कहाँ आएर काम गराउने प्रणाली अन्त्य गर्न बैंकले विभाग र विभिन्न चुस्त शाखाको व्यवस्था गरेको छ ।
हरेक विभागमा प्रतिस्पर्धी र क्षमता वान कर्मचारी छन् । प्रणालीमा विश्वास राख्ने पोखरेलकै स्कूलिङका कारण सिटिजन्स बैंक प्रणाली मै चल्छ । स्वफूर्त टिम, सञ्चालकको विश्वास, कर्मचारी दत्तचित्त भएर काममा लाग्ने बानी, केही प्राप्तिका कारण बैंक अहिलेसम्मको अवस्थामा आइपुगेको छ ।
बैंकको अस्तित्वमाथि प्रश्न उठ्न थालेपछि साढे दुई वर्षअघिदेखि सिटिजन्सले ‘मिसन टप टेन’ सुरु गरेको हो । सो बेला ३ वर्षमा शीर्ष १० भित्रको बैंक बन्ने रणनीति बनाएको हो ।
सोही रणनीति अनुसार धेरै वित्तीय सूचकांकमा उल्लेखनीय सुधार आइसकेको छ । बैंकले लिएको सो मिसन पुरा पनि हुन्थ्र्यो होला, तर कोरोनाले अर्थतन्त्रलाई अस्तव्यस्त बनाइ दियो । बैंकले लिएको लक्ष्य पुरा गर्न केहि कठिन भएपनि छिट्टै आफ्नो मिसनमा पुग्ने अडान बैंकको छ ।
अध्यक्ष पाण्डेले वर्तमान अर्थतन्त्रको यस्तो स्थितिमा अवार्ड प्राप्त भएको र यस सम्मानले हौसला प्रदान गरेको बताए । यो अवार्डले बैंकका सेवालाई गुणस्तरीय बनाउने र उचित प्रतिफल प्रदान गर्न सहयोग पुग्ने उनले भनाइ छ।
बैंकले साना तथा लघु उद्यमका साथै प्रविधिमा आधारित रहेर कर्पाेरेट बैंकिङ अभ्यास र उर्जा तथा पूर्वाधार क्षेत्रमा लगानी गर्दै आएको छ ।