नारायणी डेभलपमेन्ट बैंकलाई शतप्रतिसत हकप्रद निकाल्ने अनुमति

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कार्तिक ३ गते (शुुक्रबार) बैंकलाई हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो ।

बैंकले असार ४ गते बोर्डमा आवेदन दिएको थियो।

बैंकले १ः१ को अनुपातमा अर्थात् शतप्रतिशत हकप्रद निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो । बोर्डबाट अनुमति पाएसँगै बैंकले १३ करोड १२ लाख ३३ हजार ८ सय रुपैयाँ बराबरको १३ लाख १२ हजार ३ सय ३८ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

गत माघ १६ गते सम्पन्न बैंकको वार्षिक साधारणसभा मार्फत यस अघि बैंकले १ बराबर २ कित्ता सेयरका दरले हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको भएपनि राष्ट्र बैंकले १ बराबर १ कित्ताको दरले मात्रै हकप्रद निष्काशनको अनुमति दिएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स