सिद्धार्थ बैंक र एनसीएचएलबीच अलिपे मार्फत नेपाल पे क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता

काठमाडौं । सिद्धार्थ बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच बैंकले दर्ता गरेका नेपाल पे मर्चेन्टहरुको क्यूआर मा अलिपें को नेटवर्कमा रहेका सदस्य वालेट र मोबाइल बैंकिङहरु मार्फत अन्तरदेशीय भुक्तानी गर्न सकिने गरी सम्झौता भएको छ ।

विशेष गरी चाइना, हङकङ, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मंगोलिया, थाईल्याण्ड, साउथ कोरिया, स्वीडेन तथा इटली लगायतका देशहरुबाट नेपाल आएका पर्यटकहरुले डोमेस्टिक वालेट मार्फत नेपालमा रहेका नेपाल पे क्यूआर तथा यसका interoperable QR मा सजिलै भुक्तानी गर्न सक्नेछन् ।

अलिपे को नेटवर्कमा Alipay China, OCBC, Changipay, Gcash, AlipayHK, Hipay, KakaoPay, TossPay, NaverPay, TnGD, PBB, TrueMoney, Mpay, Tinaba मार्फत अन्तरदेशीय भुक्तानीहरु गर्न सकिने व्यवस्था रहेको छ ।

यो सम्झौताले अन्तर्राष्ट्रिय भुक्तानीलाई सरल र छरितो बनाउने भएकोले, नेपाल आउने पर्यटकहरूलाई सहजता पु¥याउनेछ भने, यस सुविधाले पर्यटन व्यवसाय, होटल, रेष्टुरेन्ट, पसल तथा अन्य सेवामूलक क्षेत्रका व्यवसायीहरूलाई थप प्रोत्साहन दिइ आर्थिक कारोबारलाई पनि सहज र सुरक्षित बनाउने छ ।

यस प्रणाली बारेमा थप जानकारीका लागि बैंकको २४सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरु मार्फत सम्पर्क गर्न सकिने छ ।
फोन : ०१–५९७००२०
ईमेलः customercare@sbl.com.np

यस सम्झौताले आगामी दिनहरुमा नेपालमा क्रस बोर्डर डिजिटल भुक्तानी प्रणालीलाई अझ प्रभावकारी बनाउने विश्वास बैंकले लिएको छ ।

सिद्धार्थ बैंक र एनसीएचएलले संयुक्त रूपमा डिजिटल भुक्तानीको पहुँच र उपयोगलाई देशव्यापी रूपमा विस्तार गर्न प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स