अमेरिकी डलरको भाउ घट्यो, अन्य कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज शनिबार अमेरिकी डलरको भाउ घटेको छ । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड, दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य घटेको हो ।

राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४२ पैसा छ । हिजो अहिलेसम्मकै सबैभन्दा महँगो बनेको अमेरिकी डलरको मूल्य आज केही घटेको हो। हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ५० पैसा थियो।

आज युरो एकको खरिदर एक सय ४० रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ १४ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४२ रुपैयाँ ०४ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ६७ पैसा थियो।

पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ६८ रुपैयाँ ८६ पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ६१ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७० रुपैयाँ ६२ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ३८ पैसा थियो।

आज अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ ६३ र बिक्रीदर ८८ रुपैयाँ ०२ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८८ रुपैयाँ र बिक्रीदर ८८ रुपैयाँ ३९ पैसा थियो।

आज कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ र बिक्रीदर चार सय ३९ रुपैयाँ ९५ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ६७ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ६२ पैसा थियो।

बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ६८ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ २८ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ९० पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ ४९ पैसा थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स