गरिमा विकास बैंकको १८औ वार्षिकोत्सवको अवसरमा १८ संस्थागत सामाजिक उत्तदायित्वमूलक कार्यक्रमहरु आयोजना

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आज मंसिर ७ गते १८औं वार्षिकोत्सव सम्पन्न गरेको छ । देशभर विभिन्न १८ वटा संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरु आयोजना गरी १८औं वार्षिकोत्सव मनाउने उद्देश्य लिएको यस विकास बैंकले आज मंसिर ०७ गते शुक्रवार देशभरी निम्न कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरेको छ ।

१. विकास बैंकले देशका विभिन्न ७ स्थानमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरी कुल ५६२ युनिट रगत संकलन गरको छ ।
क. विकास बैंकको प्रधान कार्यालय, लाजिम्पाट, काठमाडौंमा आयोजित रक्तदान कार्यक्रमबाट ७७ युनिट रगत संकलन ।
ख. विकास बैंकको क्षेत्रीय कार्यालय नारायणगढमा आयोजित रक्तदान कार्यक्रमबाट ७८ युनिट रगत संकलन ।
ग. विकास बैंकको क्षेत्रीय कार्यालय पोखरामा आयोजित रक्तदान कार्यक्रमबाट १६२ युनिट रगत संकलन ।
घ. विकास बैंकको शाखा कार्यालय बुटवलमा आयोजित रक्तदान कार्यक्रमबाट ८४ युनिट रगत संकलन ।
ङ. विकास बैंकको क्षेत्रीय कार्यालय कोहलपुरमा आयोजित रक्तदान कार्यक्रमबाट ६५ युनिट रगत संकलन ।
च. विकास बैंकको शाखा कार्यालय, इटहरीमा आयोजित रक्तदान कार्यक्रमबाट ५९ युनिट रगत संकलन ।
छ. विकास बैंकको शाखा कार्यालय, बीरगंजमा आयोजित रक्तदान कार्यक्रमबाट ३७ युनिट रगत संकलन ।
२. जिल्ला ट्राफिक कार्यालय, पोखरामा ब्रेथलाइजर र रंगिन प्रिन्टर प्रदान ।
३. कीर्तिपुर अस्पताल प्रवेश गर्ने स्थान र मुल सडकमा ट्राफिक व्यवस्थापनको लागि ट्राफिक डिभाइडर कोन प्रदान ।
४. कान्ति बाल अस्पताल, काठमाडौमा वेटिङ कुर्सी प्रदान ।
५. बेनी अस्पताल, म्याग्दीमा वेटिङ कुर्सी प्रदान ।
६. श्री ज्ञानज्योति आधारभूत विद्यालय लल्याङ स्याङजाका विद्यार्थीहरुलाई ट्रयाकसूट (स्कूल ड्रेस) वितरण ।
७. जानकी मन्दिर जनकपुरधाममा जुत्ता राख्ने ¥याक प्रदान ।
८. श्री रामनदीधाम संस्कृत गुरुकुल राम्दी, स्याङ्जामा स्टील दराज प्रदान ।
९. मेची आधारभूत विद्यालय भद्रपुर ३ झापा, डोलो गाँउ (मेची नदीको पारीको गाँउ) मा बिद्यार्थीहरुको लागि जुत्ता र मोजा वितरण ।
१०. श्री रम्भादेवी प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई जाडो मौसमको पोशाक वितरण ।
११. श्री बाल शिक्षा निकेतन आधारभुत विद्यालय वालिङ ११ गब्दे, स्याङ्गजाका विद्यार्थीहरुलाई ट्रयाकसुट (स्कूल ड्रेस) वितरण ।

त्यसैगरी ‘स्वस्थ जीवनशैली’ का लागि खेलकुुद भन्ने नाराका साथ यस विकास बैंकले मंसिर ०८ गते शनिबारका दिन गरिमा रोड रेश प्रतियोगिता आयोजना गर्दैछ ।

किर्तिमानी धावक एवं ओलम्पियन बैकुण्ठ मानन्धरबाट उद्घाटन हुने खुल्लातर्फ महिला र पुरुष १० कि.मि. र कर्पोरेट तर्फ महिला र पुरुष ५ कि.मि. दुरीको गरी कुल ४ वटा च्यबम च्बअभ प्रतियोगितामा विकास बैंकले प्रत्येक प्रतियोगितामा प्रथम, दोश्रो, तेश्रो, चौथो र पाँचौ स्थान हासिल गर्ने धावकहरुलाई क्रमशः ७५,००० रूपैयाँ, ६०,००० रूपैयाँ, ४५,००० रूपैयाँ, ३०,००० रूपैयाँ, १५,००० रूपैयाँ पुरस्कार प्रदान गर्नेछ ।

खुल्ला र कर्पोरेट तर्फको रोड रेस प्रतियोगितामा गरी करिब ७०० जनाको सहभागिता रहनेछ । विकास बैंकले यस किसिमका सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरुलाई आगामी दिनमा समेत प्राथमिकतामा राखी निरन्तरता दिने तथा रोड रेस प्रतियोगिता प्रत्येक वर्ष आयोजना गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स