काठमाडौं । पहिलो ४ महिनामा बाणिज्य बैंकहरुले ३ खर्ब ७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छन् ।
कार्तिक मसान्तसम्म बैंकहरुले ४० खर्ब ३४ अर्ब कर्जा प्रवाह गरेका हुन् । २०७८ असारमसान्तसम्म बैंकहरुले ३७ अर्ब २१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
साउन महिनामा ४३ अर्ब रुपैयाँ, भदौमा १ खर्ब ८ अर्ब रुपैयाँ, असोजमा १ खर्ब २६ रुपैयाँ र कार्तिकमा ३६ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांकमा देखिन्छ ।
बैंकहरुले ३८ खर्ब ७८ अर्ब स्वदेशी रकम र १ खर्ब ५६ अर्ब विदेशी रकम कर्जा प्रवाह गरेका हुन् ।