कर्जा नतिर्ने बढेपछि बैंक तथा वित्तीय संस्थाले छुट्याए प्रोभिजिङ वापत साढे २६ करोड

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका ऋणीले समयमा नै कर्जाको सावा र ब्याज भुक्तानी नगर्दाे कर्जा नोक्सानी (प्रोभिजन) बापत ठूलो रकम छुट्याउनु परेको छ ।

बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका ऋणीहरूले आफूले लगेको ऋण तोकिएको समयमा नतिर्दा बैंक तथा वित्तीय संस्थाहरुले असोज महिनासम्म २६ अर्ब ४८ करोड रुपैँया प्रोभिजन बापत छुट्याएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार भदौ महिनाको तुलनामा असोजमा रिक्स अफ प्रोभिजन रकम बढेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार असोज महिनामा २० वाणिज्य बैंकहरुको २२ अर्ब ६५ करोड रुपैयाँ कर्जा जोखिमका लागि प्रोभिजन रकम गरेका छन् भने भदौ महिनासम्म २३ करोड रहेको छ । यो असोज महिनाको तुलनामा कार्तिक महिनामा ९४०३.१५ प्रतिशतले वृद्धि भएको छ ।

विकास बैंकहरुले असोज महिनामा २ अर्ब ९५ करोड जोखिम प्रोभिजन रकम बापत छुट्टाएको छ । भदौ महिनाको तुलनामा २४१९.३४ प्रतिशतले परिवर्तन भएको हो । भदौ महिनासम्म विकास बैंकहरूको यस्तो प्रोभिजिङ वापत छुट्याएको रकम ११ करोड रुपैयाँ सो नियमको लागि व्यवस्थापन गरिएको थियो ।

त्यस्तैगरी, वित्तिय संस्थाहरुले जोखिम प्रोभिजन बापत असोज महिनामा ८७ करोड ५० लाख छुटटा्एका छन् भने भदौ महिनामा १२ करोड ४० लाख रकम प्रोभिजन गरेको थियो । यो असोज महिनाको तुलनामा ६०७. ७० प्रतिशत ले बृद्धि भएको हो ।
कुन बैंकको कति प्रोभिजन

चालू आर्थिक वर्षको तीन महिना अवधिीा नेपाल बैंक लिमिटेडले १ अर्ब ६३ करोड रुपैयाँ नाफा कर्जा नोक्सानीका लागि प्रोभिजन गरेको छ ।

राष्ट्रिय बाणिज्य बैंकले १ अर्ब ६३ करोड रकम प्रोभिजन गर्दा नबिल बैंकले १ अर्ब ४० करोड रुपैँया प्रोभिजन गरेको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले देखाएको हो ।

त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकले ३ अर्ब १२ करोड, स्टयाण्डर्ड चार्टड बैंकले १९ करोड, नेपाल एसबीआई बैंक ३० करोड एभरेष्ट बैंक १० करोड एनआईसी एसिया बैंकले १ अर्ब ७५ करोड रकम जोखिम प्रोभिजन गरेका छन् ।
माछापुच्छ्र्रे बैंक लिमिटेडले १७ करोड रुपैँया प्रोभिजन गर्दा कुमारी बंैक लिमिटेडले ४ अर्ब ५५ करोड रकम प्रोभिजन गरेको छ ।

त्यस्तै लक्ष्मी सनराईज बैंकले १ अर्ब ८६ करोड, सिद्धार्थ बैंकले १ अर्ब, कृषि बिकास बैंकले ९० करोड ग्लोबल आईएमी बैक १ अर्ब ७ करोड, सिटिजन्स बैंकले १ अर्ब ५ करोड, प्राइम कमर्सियल बैंकले ४१ करोड प्रभिजन रकम छुट्याइएको राष्ट्र बैंकले सार्बजनिक गरेको तथ्यांकले देखाएको छ ।

एनएमबी बैंकले २९ करोड प्रोभिजन रकम मार्फत छुट्याउँदा प्रभु बैंकले ३८ करोड र सानिमा बैंकले १ अर्ब ७ करोड प्रोभिजन रकम छुट्याएको छ । तथ्यांक

त्यसैगरी राष्ट्र बैंकको तथ्यांक अनुसार हिमालय बैंक लिमिटेडको जोखिम प्रोभिजन रकम शुन्य रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स