सांग्रिला डेभलपमेन्ट बैंक र बृहत इन्भेष्टमेन्टबीच व्यवसायिक सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र कुपण्डोल ललितपुरमा स्थित बृहत इन्भेष्टमेन्ट प्रा.लि बीच मंसिर ४ गतेका दिन व्यवसायिक सम्झौता भएको छ ।

कुनै पनि व्यक्तिले बृहत इन्भेष्टमेन्टद्वारा संचालित चापागाँउ परियोजना अन्तर्गतका घर÷जग्गाा खरिद गर्न चाहेको खण्डमा सांग्रिला डेभलपमेन्ट बैंकले सो खरिदकर्तालाई सहज तरिकामा कर्जा उपलब्ध गराउने व्यहोरा सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

घर÷जग्गा खरिद गर्न अधिकतम ४० वर्ष सम्मको समयावधीका लागि अधिकतम कर्जा रकम २ करोड सम्म उपलब्ध गराइनेछ । कर्जाको ब्याज दर ९.९९% तोकिएको रे पहिलो ७ वर्ष सम्मको लागि ब्याजदर स्थिर रहने व्यहोरा सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

बैंकले आम ग्राहक महानुभावहरुलाई घर÷जग्गाा खरिद गर्न झन्झट रहित, सहज र सरल कर्जा सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट काठमाडांै क्लस्टर प्रमुख सुप्रिया श्रेष्ठ र बृहत इन्भेष्टमेन्टको तर्फबाट कार्यकारी निर्देशक श्री पूर्णिमा राजभण्डारीले हस्ताक्षर गरेका छन् ।

यस सम्झौताले आम ग्राहक महानुभावहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स