चालु खाता एक खर्ब ११ अर्ब र शोधनान्तर एक खर्ब ८४ अर्बले बचतमा

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा चालु खाता र शोधनान्तर स्थिति बचतमा देखिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको तीन महिनाको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीयस्थिति प्रतिवेदनअनुसार उक्त अवधिमा चालु खाता एक खर्ब ११ अर्ब ८७ करोडले बचतमा छ ।

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५९ अर्ब ६५ करोडले बचतमा थियो । यस अवधिमा खुद पुँजीगत ‘ट्रान्सफर’ दुई अर्ब कायम भएको छ भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह चार अर्ब ८१ करोड रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा खुद पुँजीगत ट्रान्सफर एक अर्ब १५ करोड कायम भएको थियो भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (ईक्विटि मात्र) तीन अर्ब ३८ करोड रहेको थियो ।

पहिलो तीन महिनामा शोधनान्तर स्थिति एक खर्ब ८४ अर्ब ९९ करोडले बचतमा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स