काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक सेयरधनी रघुवेन्द्र अग्रवालको नाममा रहेको ४ हजार ४४०.८७ कित्ता सेयर बिक्रीमा राखिएको हो।
उक्त सेयर बैंकले यसअघि नै संस्थापक सेयरधनी र त्यसपछि सर्वसाधारणलाई खरीदका लागि प्रस्ताव गरेकोमा आवेदन परेको थिएन। आवेदन नपरेपछि सम्बन्धित सेयरधनीको निवेदनमा प्रतिकित्ता न्यूनतम मूल्य १०३ रुपैयाँ कायम गरी पुनः बिक्री खुला गरिएको बैंकले जनाएको छ।
उक्त सेयर खरीद गर्न इच्छुक तथा योग्य लगानीकर्ताले ७ दिनभित्र नारायणहिटीस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।