काठमाडौं । पछिल्लो समय सहर तथा बजारका घरहरु निर्माण त बढिरहेको छ । तर व्यवस्थित, आकर्षित र वातावरण मैत्री भने हुन सकिरहेको छैन ।
टिलिक्ट कंक्रिट टल्कने , हरियोपरियो कतै देख्न नपाईने । यस्ता डिजाइनका घर निर्माणले सबैतिर असोभनिय देखिएको छन् ।
साथै यस्ता घरहरुले वातावरणमा समेत असर गरिरहेको हुन्छ ।
अर्को विषय भनेको यस्ता घरमा बस्दा समेत गठीनाइहरु हुने गर्छ । गर्मीमा घरको माथिल्लो तथा अग्रभागहरु तातेर गर्मी धेरै हुने गर्छ । भने जाडो समयमा धेरै चिसो हुने गर्छ ।
यस्ता घरहरु धेरै नै निर्माण भए । अझै कति घर निर्माण हुने प्रक्रियामा जाँदै छन् ।
प्रकृति मैत्री निर्माण भयो भने नै वातावरण स्वच्छ र शुद्ध हुन मद्यत गर्छ ।
यसलाई नै केन्द्र विन्दुमा राखेर नयाँ घर बनाउने चाहना त पछिल्लो पुस्तामा देख्न्छि नै । तर सबैले गर्ने देखावटी नै हो ।
अब भने वातावरण मैत्री घर बनाउने योजना बैंकबाट नै अघि बढेको छ ।
भनिन्छ, वातावरण सुधार गर्न पहिलो कदम बैंकको पनि हो ।
बैंकले चाह्यो भने विभिन्न योजना बनाएर होस् वा सर्तहरु राखेर होस् वातावरण मैत्री हुने विकास निर्माणमा मात्रै लगानी गर्न सक्छ ।
अहिले ग्लोबल आईएमई बैंक लिमिटेडले घरहरु निर्माणको लागि भने एक प्रभावकारी बन्न सक्ने आफ्नो योजना ल्याएको छ । वातावरण स्वच्छ बनाउने दायित्व बोध गर्दै एक योजना अघि सारेको देखिएको हो । जुन योजना अहिलेको अवस्थामा निकै प्रभावकारी र आकर्षित समेत बन्ने आँकलन छ ।
ग्लोबल आईएमई बैंकको योजनाले घर कर्जाको लागि योजना ल्याएको हो ।
ऊर्जा कुशल प्रविधि साथै वातावरण मैत्री सामाग्रीको प्रयोग, पानी संरक्षण र कार्बन उत्र्सजन कम हुने गरी निमार्ण गरिएको भवन नै हरित आवास हो ।
जसको परिकल्पना ग्लोबल आईएमईले गरेको छ ।
यस्तो प्रकारको घर बनाउँदा बाहिरी भाग आकर्षण देखिनु त छदै छ , वातावरण मैत्री बन्नु अको राम्रो पक्ष भयो । त्यसभन्दा बाहेक अर्को महत्वपूर्ण पक्ष भनेको लागत कमगरी, दीर्घकालीन रुपमा आर्थिक बचत हुने देखिन्छ ।
नेपालमा अझै आवस निर्माणको क्रम अघि बढीरहेको अवस्थामा ग्लोबल आईएमई बैंक वातावरण मात्रै आवास विस्तार होस् भन्ने चाहना राख्न थालेको छ । जस अनुसार कर्जा योजना मार्फत पर्यावरण मैत्री आवासहरूमा लगानी गरी पानीको उपयोग नियन्त्रण गर्ने, फोहर व्यवस्थापन गर्ने, ऊर्जा कुशल उपकरणहरुको प्रयोगमा प्रोत्साहान गर्न चाहन्छ ।
कति दरमा ग्लोबल आईएमईले प्रदान गर्दैछ कर्जा ?
कर्जा भन्ने बित्तिकै सुरुमा ‘रेट’को नै कुरा आउने गर्छ । वातावरण मैत्री त बनाउने तर कर्जा महँगो भयो भने उक्त कर्जा लिने आँट सबैले गर्दैनन् । तर ग्लोबल आईएमईले ल्याएको योजना निकै सस्तो र आकर्षित देखिन्छ ।
यो स्थिर दर ८.९९% प्रति बर्ष प्रवाह भएको पहिलो ७ बर्ष सम्म र ७ वर्ष पछि १.७५% मात्रै जोखिम प्रिमियम जोडिने छ । परिवर्तनीय दर आधार दर १% देखि ३% सम्म जोखिम प्रीमियम (यो योजनाको निश्चित दर अहिलेको लागि मात्र हो र बजारको अवस्था अनुसार परिवर्तन हुन सक्ने बैंकको भनाई छ ।
यसमा तरलता समायोजन सुविधा अकर्जा सीमाको ०.७५% मात्रै हुने छ ।
यस्तो कर्जा लिने बैंकको ग्राहले निःशुल्क क्रडिट कार्ड ,निःशुल्क मोबाइल ÷इन्टरनेट बैकिङ्ग सेवा र लकर शुल्कमा छुट समेत पाउने छन् ।
कर्जा लिनको लागि घरको योग्यता समेत कायम
ग्लोबल आईएमई बैंकले आफ्नो दायित्वबोध गरेर ल्याएको योजनामा घरको मापदण्ड समेत तोकिएको छ । सस्तो ब्याजदरमा कायम भएको यस्तो योजना तथा वातावरण स्वच्छ र आकर्षित बनाउनेको लागि सर्त स्वभाविक पनि देखिएको छ ।
पहिलो सर्तको रुपमा बैंकले आकाशे पानी संकलनलाई राखेको छ । यस सर्तको अर्थ भनेको वर्षाको पानी संकलन गरी भविष्यमा प्रयोग गर्नको लागि भण्डारण गर्ने वातावरण मैत्री तरिका हो ।
यो प्रविधिमा मुख्यतय वर्षाको बेला परेको पानी छाना तथा कौसीबाट संकलन गरी पानी भण्डारण टयाङ्कीमा पठाइन्छ र विभिन्न प्रविधिबाट शुद्धिकरण गरी प्रयोगमा ल्याइन्छ । त्यस्तै गरी आकाशे पानी भण्डारण टयाङ्की भरिएको अवस्थामा आवास परिसरमा रहेका हरित क्षेत्र वा खुला ठाँउ अथवा इनारमा खसाली भूमिगत पानी रिचार्ज गर्न पनि सकिन्छ । बैंकले दोस्रो सर्तको रुपमा कुशल ऊर्जा प्रकाश प्रणाली तथा उपकरणलाई राखेको छ ।
यसमा आवासमा कुशल ऊर्जा प्रकाश प्रणाली तथा उपकरणहरुको प्रयोगले अपेक्षा भन्दा कम ऊर्जाको खपत हुने गर्दछ । यस्ता प्रणाली अथवा उपकरणहरूको प्रयोग गर्दा ऊर्जाको महशुल वचत गर्न सकिन्छ । यस्ता उपकरणहरूमा ‘इनर्जी स्टार लेवल’ . को प्रयोग गरिएको हुन्छ जसले गर्दा समान खालका उपकरणहरू तुलना गर्न सहयोग हुन्छ । एलईडी बत्तीहरूको साथ साथै अन्य ऊर्जा कुशल घरायसी उपकरणहरूको प्रयोगले हरित आवास प्रवद्र्धनमा टेवा पुर्याउदछ ।
तेस्रोमा सौर्य आधारित पानी तताउने प्रणाली रहेको छ । यस प्रणालीले सौर्य ऊर्जा प्रयोग गरी पानी तताउन मद्दत गर्दछ, अतः यो वातावरण मैत्री प्रविधि हो। यो प्रविधिको प्रयोगले ऊर्जा बचत गरी उपभोक्ताको खर्च जोगाउन मद्दत गर्दछ ।
चौथोमा सौर्य उर्र्जा प्रणाली रहेको छ । यो प्रणालीमा भवनको छाना माथि सोलर प्यानल राखिएको हुन्छ, जसले सूर्यको प्रकाशलाई विद्युतीय ऊर्जामा रूपान्तरण गरी घरमा बत्तीहरू वा अन्य विद्युतीय उपकरण संचालन गर्न मद्दत गर्दछ । उपभोक्ताले कम्तीमा घर तथा आवासको बत्तीहरू बाल्न यो प्रणालीको प्रयोग गर्नु पर्दछ । यसले ऊर्जा बचत गर्नुको साथै बिजुलीको महशुल घटाउन मद्दत गर्दछ ।
पाँचौ सर्तमा फोहोर व्यवस्थापनलाई राखिएको छ । जुन पछिल्लो समय सबै सहरहरुमा अनिवार्य गर्नुपर्ने खालको छ ।
यस सर्तमा फोहोर व्यवस्थापन अन्तर्गत आवासबाट उत्सर्जित फोहोरहरूलाइ कुहिने र नकुहिने गरी छुट्याउनु पर्दछ । कुहिने फोहोर विशेष गरी भान्छाको फोहोरलाई कम्पोष्ट मल बनाई हरित क्षेत्रमा प्रयोग गर्नु पर्दछ । नकुहिने फोहोरलाई पालिका वा तेस्रो पक्षीय फोहोर व्यवस्थापन निकाय मार्फत व्यवस्थापन गर्नु पर्दछ ।
छैटौं सर्तामा इन्सुलेसन प्रणालीलाई राखिएको छ । यो प्रविधि भनेको आवासको भित्री तापक्रम समान राख्न विकास गरिएको हो । जाडो र गर्मीमा घरको तापक्रम स्थिर राख्न यसले मद्दत गर्दछ । यो प्रविधिको प्रयोगले अहिले प्रयोग हुँदै आएको एयर कन्डिसन, फ्यान , हिटिङ सिस्टमको कम प्रयोग हुने गर्दछ । यो उर्जा कुशल प्रविधि हो साथै ध्वनी प्रदुषणको प्रभाव कम गर्न पनि मद्दत गर्दछ । यो प्रणालीले इन्सुलेसन सामाग्रीले उर्जा संचय गर्न मद्दत गर्दछ ।
सातौंमा प्राकृतिक प्रकाश तथा वायु संचार प्रणालीलाई राखिएको छ । यसले भवनको निर्माण गर्दा भवन भित्र आउने सूर्यको प्रकाशलाइ बिशेष ध्यान दिनु पर्दछ । सूर्यको प्रकाश प्रभावकारी रूपले प्रयोग गर्नाले बिजुलीको बचत तथा ऊर्जा संचय हुने गर्दछ । साथै भेन्टिलेसनहरूले भवनमा ताजा हावाको प्रवाह गर्न मद्दत गर्दछ । तसर्थ भवन निर्माण गर्दा यस विषयलाई विशेष ध्यान दिनु पर्दछ ।
आठौंमा हरित क्षेत्र\खुला ठाँउलाई सर्त बनाइएको छ । हरित क्षेत्र वा खुला ठाँउ भनेको आवास परिसरमा रहेको तरकारी खेती गर्ने ठाँउ वा बोट विरूवा भएको ठाँउलाई बुझिन्छ । जसले आवासको सौन्दर्य बढाउने वा ताजा तरकारी उत्पादन गर्न सहयोग गर्दछ । भान्छाबाट निस्केको कुहिने फोहरबाट बनेको कमपोष्ट मलको प्रयोग यो क्षेत्रमा गर्दा स्वस्थकर तरकारी वा फलफूलको उत्पादन हुने र अन्ततस् यसले स्वस्थकर जीवनशैली प्रवद्र्धनमा सहयोग पुर्याउदछ । यस्तो क्षेत्रमा कंक्रीट वा ब्लकको कम प्रयोग गर्नु पर्दछ ।
र अन्तिममा विद्युतीय सवारी चार्जिङ प्रणालीराख्नुपर्ने सर्त राखिएको छ । विद्युतीय सवारीेको प्रयोगले कार्बन उत्सर्जन न्यूनीकरणमा सहयोग पुर्याउदछ । विद्युतीय सवारी साधन भएको उपभोक्ताले आफनो आवासमा विद्युतीय सवारी साधन चार्जिङ प्रविधि जडान गरेको हुनु पर्ने छ । यो पछिल्लो समय नेपालमा आवश्यक समेत भैरहेको छ ।
यसो हेर्दा यी सर्तहरु मानेर घर बनाउने हो भने सहर साँच्चिकै सहर बन्ने छ । अर्को यो योलनामा लुकेको पक्ष समेत रहेको छ । कर्जाको लागि ९ वटा सर्तहरु तोकिएको छ ।
यो सर्त पुरा गरेर घर बनाउँदा त निकै राम्रो भयो । तर ग्लोबल आईएमईको यो योजनामा सहभागी हुन ९ मध्य ४ सर्त पुरा गरे पनि हुने छुट छ ।