यस्तो छ आज अमेरिकी डलरसहित अन्य विदेशी मुद्राको भाउ

काठमाडौं । आज आइतबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य घटबढ् भएको छैन। अर्थात् हिजोकै विनियम दरमा आज पनि सबैजसो मुद्राको कारोबार हुनेछ।

राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा छ। शुक्रबार र शनिबार पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।

आज युरो एकको खरिदर एक सय ४२ रुपैयाँ ५१ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ १५ पैसा छ। पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७० रुपैयाँ ८७ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ६३ पैसा छ।

आज अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ २५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ६४ पैसा छ।

कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ २४ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ १९ पैसा छ।

बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ४७ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ ०६ पैसा छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स