नेपाल बैंकको ८८ औं वार्षिकोत्सव :औपचारिक बैकिङ सेवा देशको कुना काप्चामा पुर्याउन गभर्नर अधिकारीको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देशको कुनाकाप्चासम्म औपचारिक बैंकिङ क्रियाकलाप पुर्याउनु पर्ने बताएका छन् । नेपाल बैंक लिमिटेडको ८८औं वार्षिकोत्सव समारोह उनले बैंकिङ सेवामार्फत रोजगारीको अवसर सृजना गर्न र देशको आर्थिक विकासलाई प्रवर्द्धन गर्न यो बैंकको अग्रणी भूमिका रहेको बताएका छन् ।

‘अन्य १९ वटा बैंकसँग नेपाल बैंकले प्रतिष्पर्धा गर्नुपर्छ । यसरी प्रतिष्पर्धा गर्न र लक्ष्य हासिल गर्न कर्मचारीलाई सन्तुष्ट बनाएर अघि बढ्नु पर्दछ,’ गभर्नर अधिकारीले भने, ‘कर्मचारीले पनि ग्राहकलाई सन्तुष्ट बनाउनु पर्दछ ।’

नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडले आफ्नो कार्यकालको ८७ औं वर्ष पुरा गरी ८८ औं वर्ष प्रवेश गरेको अवसरमा बैंक परिवारमा हार्दिक बधाई तथा शुभकामना दिँदै उनले थपे ‘कुनै पनि संस्थाले लक्ष्य हासिल गर्न संस्थासँग सन्तुष्ट कर्मचारी हुन जरुरी हुन्छ ।’

नेपाल बैंकले आफ्नो स्थापनाकालदेखि हालसम्म विभिन्न उतारचढाव पार गर्दै प्रतिष्पर्धात्मक बैंकिङ कारोबार गर्दै आइरहेको छ ।

प्रतिष्पर्धात्मक बैंकिङ वातावरणमा मानव संसाधनको प्रभावकारी व्यवस्थापन गरी साना, मझौला तथा घरेलु व्यवसायलाई प्रवर्द्धन गर्दै औद्योगिक क्षेत्रको विकासमा समेत योगदान पुर्याउन बैंकले आफ्ना क्रियाकलापलाई केन्द्रित गर्ने विश्वास लिएको बताए ।

‘आफ्नो सेवा सुविधाहरूलाई थप विस्तार एवं नवप्रवर्तन गरी समयानुकूल प्रविधि मैत्री बैंकिङलाई आत्मसात गर्दै आर्थिक विकास तथा रोजगारी सिर्जनामा अझ सशक्त भूमिका खेल्न सकोस्,’ उनले भने ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तीलकराज पाण्डेयले बैंकको हालको अवस्था र भावी योजनाको बारेमा जानकारी गराएका थिए ।

सोही क्रममा उनले बैंकको खराब कर्जा वृद्धिलाई पुस मसान्तसम्म नियन्त्रण गर्ने बताए । उनले असोजको दोस्रो साता आएको अविरल वर्षा र त्यसले उत्पन्न गरेको बाढी–पहिरोबाट देशमा ठूलो धनजनको क्षति पुगेको उल्लेख गर्दै त्यस विपदको घडीमा सबै व्यवसायीहरूलाई असर परेको बताए । त्यसले बैंकको खराब कर्जा बढाएको उनको भनाइ छ ।

उनका अनुसार हाल बैंकको खराब कर्जा २.८ प्रतिशत रहेको छ । पुस मसान्तसम्म यसलाई घटाउने उनले प्रतिवद्धता गरे ।

‘अहिले लगानीको सुवर्ण अवसर भएकाले उद्योगी व्यवसायीहरुलाई लगानी गर्न सुझाव दिए । बैंकको व्याजदर एकल अंकभन्दा निकै तल झरेको, तरलता प्रशस्त रहेको र अन्य बाह्य क्षेत्र पनि मजबुद रहेकाले अहिलेको समय लगानी गर्ने समय हो,’ उनले भने ।

कार्यक्रममा विभिन्न १२ वटा ब्रान्चलाई सम्मान गरिएको थियो । वार्षिकोत्सवको अवसरमा आयोजित खेलका विजेता र उपविजेता टोलीहरूलाई पनि सम्मान गरियो ।

 

 

 

 

 

 

 

 

 

 

प्रेस विज्ञप्ती

डिसि फास्ट(चार्जिङ स्टेसन नेटवर्क विस्तारका लागि शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनबीच सम्झौता

नेपालको डिसि फास्ट चार्जिङ स्टेसन नेटवर्क विस्तार गर्न शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनबीच औपचारिक रुपमा एमओयुमा हस्ताक्षर भएको छ ।

काठमाडौँ ९३० कार्तिक २०८१० – नेपालमा विद्युतीय सवारी साधनको पूर्वाधार विस्तार गर्ने महत्वपूर्ण कदममा शारदा ग्रुप र गोल्छा अर्गनाइजेसनले म्ऋ फास्ट चार्जिङ स्टेसनको बृहत् सञ्जाल विकास गर्न सहकार्य गर्न औपचारिक रूपमा एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । नेपालमा विद्युतीय सवारी साधनको पूर्वाधार विस्तार गर्ने एउटा महत्वपूर्ण कदमको रूपमा, यो साझेदारीले इभि प्रयोगकर्ताहरूका लागि सुविधाजनक चार्जिङ स्टेसन उपलब्ध गराउने र राष्ट्रव्यापी रूपमा वातानुकुलित र दिगो ९सस्टेनेबल० यातायात प्रविधिलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । यस साझेदारीले १ वर्ष भित्रमा, देशभरका १०० स्थानहरूमा फास्ट(चार्जर स्थापना गर्ने योजना राखेको छ ।
हाल देशभर १६ भन्दा बढी फास्ट(चार्जिङ नेटवर्क सञ्चालनमा रहेका छन् । उपभोक्तामाझ विद्युतीय सवारीसाधनको बढ्दो लोकप्रियता र प्रयोगसँगै, पहुँचयोग्य र भरपर्दो चार्जिङ पूर्वाधारको आवश्यकता बढेको छ । हाल पोखरा–३ स्थान, काठमाडौं–३ स्थान, नारायणघाट–३ स्थान, नेपालगन्ज, बुटवल, विराटनगर–२ स्थान, वीरगन्ज, बिर्तामोड, बर्दिवास लगायतका स्थानमा विद्यमान चार्जिङ पूर्वाधार रहेका छन् । शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनबीचको यो संयुक्त पहलले देशका मुख्य राजमार्ग तथा स्थानहरूमा चार्जिङ स्टेसन स्थापना गर्नमा ध्यान केन्द्रित गर्नेछ जसले अन्ततस् इभि प्रयोगकर्ताहरूलाई निर्धक्क रूपमा देशभर यात्रा गर्न सजिलो बनाउँछ । यो सम्झौतासँगै ग्राहकलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले एक वर्षभित्र देशभर १०० वटा डिसी फास्ट चार्जर स्थापना गर्ने साझेदारी योजना रहेको छ । शारदा ग्रुप निसान, ओमोडा र जाइको र जिकर गाडीको आधिकारिक वितरक हो भने गोल्छा अर्गनाइजेसन नेपालका लागि लिपमोटर, सिट्रोन, प्युजियो र काइको आधिकारिक वितरक हो । साझेदारीले शारदा समूह र गोल्छा अर्गनाइजेसनसँग सम्बद्ध सबै ब्रान्डका ग्राहकहरूलाई पहुँच प्रदान गर्दछ। म्ऋ फास्ट चार्जरको परम्परागत लाभ राष्ट्रव्यापी रूपमा सबै ग्राहकहरूले प्रयोग गर्न सक्छन्।
यो सम्झौतासँगै शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनले बढ्दो विद्युतीय सवारीको बजारलाई अझ प्रोत्साहित गर्ने प्रतिबद्धता प्रमाणित गरेका छन् । यो सम्झौता नेपालको इभि चार्जिङ नेटवर्कको विकासमा अपरिहार्य एक उपलब्धी हो, जसको साथमा यातायात क्षेत्रमा वातानुकुलित र दिगो भविष्यको लागि मार्ग प्रशस्त हुन्छ ।

ट्टट्टट्ट

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स