आज अधिकांश विदेशी मुद्राको भाउ घट्यो

काठमाडौं । आज बिहीबार अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको भाउ घटेको छ ।
आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य घटेको छ।

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पैसा छ । हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा थियो।

आज युरो एकको खरिदर एक सय ४२ रुपैयाँ ९६ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ६० पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४३ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ८५ पैसा थियो।

पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ ५९ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ३५ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७२ रुपैयाँ ८६ पैसा र बिक्रीदर एक सय ७३ रुपैयाँ ६३ पैसा थियो।

आज अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ ८४ पैसा र बिक्रीदर ८८ रुपैयाँ २४ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८८ रुपैयाँ १९ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५८ पैसा थियो।

कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ९५ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ९० पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ३५ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ३० पैसा थियो।

आज बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ४१ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ४६ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ ०५ पैसा थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स