नेपाल एसबिआई बैंक र एईसी ग्लोबल नेपालबीच शैक्षिक कर्जा सहज रुपमा प्रदान गर्ने सम्बन्धि सम्झौता

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र एईसी ग्लोबल नेपाल प्रा.लि. (एईसीसी) बीच विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरु लक्षित शैक्षिक कर्जा सहज रुपमा प्रदान गर्ने सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पत्र, बैंकका तर्फबाट प्रमूख कर्जा अधिकृत अर्जून नेपाल र एईसीसीका तर्फबाट निर्देशक अजित सिङ बीच आदान प्रदान भएको थियो ।

यस सम्झौताले विदेशमा अध्ययनका लागि जाने विद्यार्थीहरूलाई शैक्षिक कर्जा प्राप्त गर्ने प्रक्रियालाई सहज बनाउने लक्ष्य राखेको छ । सो कार्यक्रममा बैंक तथा एईसीसीका अन्य पदाधिकारीहरु समेतको उपस्थिति थियो ।

हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स