मितेरी डेभलपमेन्ट बैंकको ४४ हजार ८४१ कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक सेयरधनी मोहन कुमार सुवेदीको नाममा रहेको ४४ हजार ८४१ कित्ता सेयर बिक्रीमा राखिएको हो।

उक्त सेयर हाल बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरीद गर्न पाउनेछन्।

सेयर खरीद गर्न इच्छुक संस्थापकले आवश्यक पर्ने कागजात सहित आफूले किन्न चाहेको शेयर विवरण खुलाई ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडमा निवेदन दिनु पर्नेछ।

साथै, तोकिएको म्यादभित्र संस्थापक सेयरधनीबाट सेयर खरीदका लागि आवेदन नपरेको खण्डमा सो शेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जनाएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स