काठमाडौं । माछापुच्छ्रे बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक सेयरधनीको नाममा रहेको ३ लाख २५८ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।
उक्त सेयरमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।
इच्छुक संस्थापकले आज (कात्तिक २५ गते) देखि ३५ दिनभित्र माछापुच्छ्रे क्यापिटल, जेडीए कम्प्लेक्स सुन्धारा काठमाडौंमा के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्नेछन् ।
यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।