काठमाडौं । आज आइतबार अमेरिकी डलरसहित केहि विदेशी मुद्राको भाउ स्थिर रहेको छ ।
आज अमेरिकी डलर, युरो, पाउन्ड, अस्ट्रेलियन डलर, दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ घटबढ भएको छैन। अर्थात् शनिबार कारोबार भएकै विनियमदरमा आज पनि सबैजसो विदेशी मुद्राको कारोबार हुने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पैसा छ । हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।
आजको युरो एकको खरिदर एक सय ४५ रुपैयाँ ४२ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ०७ पैसा छ।
यूके पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७४ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ५४ पैसा छ।
आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८७ पैसा छ।
कुवेती दिनार एकको खरिददर चार सय ३९ रुपैयाँ ४२ पैसा र बिक्रीदर चार सय ४१ रुपैयाँ ३८ पैसा छ।
बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ३३ पैसा र बिक्रीदर तीन सय ५८ रुपैयाँ ९२ पैसा छ।