पहिलो ३ महिनामा वाणिज्य बैंकले सरकारलाई बुझाए ७ अर्ब ४० करोड, सर्वाधिक कर तिर्नेमा एनआईसी एशिया पहिलो, कुन बैंकले कति तिरे (सूचीसहित)

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा वाणिज्य बैंकहरुले ७ अर्ब ४० करोड ७९ लाख रुपैयाँ राजस्व सरकारलाई बुझाएका छन् । २७ वटा वाणिज्य बैंकहरुले पहिलो ३ महिनामा २५ अर्ब ५२ करोड ५३ लाख १४ हजार रुपैयाँ नाफा कमाउँदा ७ अर्ब ४० करोड ७९ लाख १४ रुपैयाँ कर तिरेका हुन् ।

गत वर्षको सोही अवधिको तुलनामा बैंकहरुले १ अर्ब ३३ करोड १७ लाख ३८ हजार रुपैयाँ बढी कर तिरेका हुन् । गत वर्ष सोही अवधिमा बैंकहरुले ६ अर्ब ७ करोड ६१ लाख ७६ हजार रुपैयाँ कर बुझाएका थिए ।

बैंकहरुको नाफा बढ्दा करको दर बढेको हो । २०७७ असोजसम्म बैंकहरुले २० अर्ब ६८ करोड १ लाख ६० हजार रुपैयाँ नाफा कमाएका थिए । चालु आवको पहिलो ३ महिनामा बैंकहरुको नाफा ४ अर्ब ८४ करोड ५१ लाख ५४ हजार रुपैयाँले बढेको छ ।

बैंकहरुले नाफाबाट सरकारलाई ३० प्रतिशत कर बुझाउनुपर्छ ।

पहिलो ३ महिनामा सरकारलाई सबैभन्दा धेरै कर एनआईसी एशिया बैंकले बुझाएको छ । बैंकले ५० करोड ६० लाख ११ हजार रुपैयाँ कर बुझाएको थियो । गत पहिलो त्रैमासमा बैंक ४३ करोड ७५ लाख ७५ हजार रुपैयाँ कर बुझाउदै दोस्रो स्थानमा छ ।

४७ करोड ६६ लाख ५२ हजार रुपैयाँ कर बुझाउँदै नबिल बैंक दोस्रो स्थानमा छ । २०७७ को पहिलो ३ महिनामा सरकारलाई सबैभन्दा बढी कर बुझाउने वाणिज्य बैंकमध्ये पहिलो स्थानमा थियो । गत वर्षको समीक्षा अवधिमा बैंकले ४४ करोड ३२ लाख ८४ हजार रुपैयाँ कर तिरेको थियो ।

४५ करोड २ लाख ६३ हजार रुपैयाँ सरकारलाई कर बुझाउँदै राष्ट्रिय वाणिज्य बैंक तेस्रो स्थानमा छ । २०७७ असोजमा ३५ करोड ५३ लाख ९१ हजार रुपैयाँ कर बुझाउँदै बैंक ५ औं स्थानमा थियो ।

बैंकहरुले बुझाएको कर

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स