छिमेक लघुवित्तको लाभांश घोषणा

काठमाडौं । छिमेक लघुवित्तले लाभांश घोषणा गरेको छ। कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको २७ प्रतिशतले हुन् आउने ४९ करोड ४१ लाख रुपैयाँ बराबरको बोनस शेयर र ३ प्रतिशतले हुन आउने ५ करोड ४९ लाख नगद लाभांश गरि कुल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब ८३ करोड रहेको छ ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2021/11/chhimek-Laghubitta.pdf” download=”all” viewer=”google” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स