सम्पत्ति शुद्धीकरण नियमावली कार्यान्वयनमा, हरेक बैंकमा केवाईसी भर्ने झण्झट हट्यो

काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्ड्रीङ) नियमावली २०८१ कार्यान्वयनमा आएको छ । मन्त्रीपरिषद्ले पास गरेर राजपत्रमा प्रकाशित भएको हो ।

यस नियमावली अनुसार अब बैंक तथा वित्तिय संस्थामा सधै भर्नु भने व्यक्तिगत विवरणको झण्झट हट्ने भएको हो । राजपत्र अनुसार अब नागरिकता वा राष्ट्रिय परिचय पत्रमा रहेको विवरण अध्यावधी हुने भएको छ ।

राजपत्रमा प्रकाशित नियमावलीमा भनिएको छ,‘ नागरिकता वा राष्ट्रिय परिचय पत्र प्राप्त गर्ने क्रममा नेपाल सरकारको विद्युतिय अभिलेखमा राखिएको विवरणलाई प्रयोग गर्न सकिने छ।’
यस्तो विवरण व्यक्तिको अनुमतिमा लिन सकिने बताइएको छ ।

यो व्यवस्थासँगै बैंक वित्तिय संस्था वन अन्य कुनै पनि संस्थामा चाहिने व्यक्तिगत विवरण सधै फारम लिएर भर्नुपर्ने झण्झट हटेको हो ।

बैंक तथा वित्तिय संस्थाले त हरेक वर्ष व्यक्तिगत विवरण समेत अध्यावधी गर्नको लागि सेवाग्राहीलाई फारम भराउँदै आएका थिए । यो निकै झण्झटिलो भएको गुनासो थियो । यसको अब भने समाधान आएको छ ।

विशेष गरि उद्योगी व्यवसायीले समेत यसमा गुनासो गर्दै आएको थिए । अब उनीहरुको माग पुरा भएको छ ।
तर नियवमालीले विवरण लिन सहजीकरण गरेपनि आम्दानी र लगानीको पाटोमा भने पुष्टि गर्न आधारहरु फराकिलो बनाएको छ ।

लगानी कर्ता तथा आम्दानी गर्नेहरु विविध प्रकारको हुने भएकोले सोहि अनुसारको पहिचान , सोहि अनुसारको कागजात ( व्यक्तिगत तथा संस्थागत ) खुलाएर मात्रै संस्थामा आवद्धता गर्नुपर्ने गरि दायरा बढाएको हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स