काठमाडौं । आज आइतबार भाइटिकाको दिन अधिका.श विदेशी मुद्राहरुको विनिमयदर यथावत रहेको छ ।
आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुबेती र बहराइन दिनार, युरो, पाउन्डसहितका सबैजसो मुद्राहरुको मूल्य हिजोकै यथावत छ । अर्थात् शनिबार जुन मूल्यमा कारोबार भएको थियो आज पनि सबैजसो विदेशी मुद्राहरु सोही मूल्यमा कारोबार हुनेछ।
नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा छ। विगत पाँच दिनदेखि अमेरिकी डलर यही मूल्यमा कारोबार हुँदै आएको छ।
यूरो एकको खरिददर एकसय ४५ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ४२ पैसा कायम भएको छ। हिजो पनि युरो यही मूल्यमा कारोबार भएको थियो।
आज पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७३ रुपैयाँ ३० पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ ०७ पैसा निर्धारण भएको छ ।
आज अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ०८ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४७ पैसा निर्धारण भएको छ ।
कुबेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ६० पैसा कायम भएको छ।
आज बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैयाँ ०२ र बिक्रीदर तीन सय ५७ रुपैयाँ ६२ पैसा कायम भएको छ।