यति टेक्निक फार्मले ल्यायो युरोपियन टेक्नोलोजीको ‘फोर्मा ट्याक्टर’

काठमाडौं । यति टेक्निक फार्मले कृषि कार्यमा प्रयोग हुने युरोपियन टेक्नोलोजीमा आधारित ‘फोर्मा ट्याक्टर’ सार्वजनिक गरेको छ । बुधबार अर्थमन्त्री जनार्दन शर्माको उपस्थितिमा उक्त ट्याक्टर सार्वजनिक गरिएको हो ।

यति टेक्निक फार्मले सार्वजनिक गरेको ट्याक्टर ४० हर्जपावरदेखि ९० हर्जपावरसम्मको रहेको छ । यूरोपियन टेक्नोलोजीमा बनेको उक्त ट्याक्टरमा आई स्मार्ट टेक्नोलोजी जडान गरिएको छ । ट्याक्टरमा जोडिएको नयाँ टेक्नोलोजीको कारण तेल सकिन लागेको संकेत पनि ट्याक्टर आफैले गर्ने जानकारी नेपालमा बिक्री वितरणको जिम्मा लिएको यति टेक्निक फार्मका अध्यक्ष तेजविक्रम थापाले बताए ।

युरोपको रोमानियमा ७५ वर्षअघि स्थापना भएको उक्त ट्याकटर बनाउने कारखाना सोही टेक्नोलोजीमा भारतमा पनि उत्पादन हुँदै आएको छ । उक्त ट्याक्टर बीएस ३ मा आधारित ट्याक्टर हो ।

उक्त ट्याक्टर हाल देशको विभिन्न ६ सहरबाट बिक्री भइरहेको छ भने छिट्टै धनगढी, नेपालगञ्ज, विराटनगर तथा जनकपुरमा यसको शोरुम सञ्चालनमा आउन लागेको यति टेक्निक फार्मका व्यापार प्रमुख अनिल श्रेष्ठले बताए ।

नेपालमै उद्योग स्थापना गर्न अर्थमन्त्रीको आग्रह

ट्याक्टर सार्वजनिक कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले व्यवसायीहरुलाई नेपालमा उद्योग व्यवसाय स्थापना गर्न आग्रह गरे । यति टेक्निक फार्मले आयोजना गरेको फोर्मा ट्याक्टर सार्वजनिक कार्यक्रममा उनले भारतीय व्यवसायीलाई नेपालमा लगानी गरी उद्योग स्थापना गर्न आग्रह गरेका हुन्न् ।

‘भारतमा बिजुली महँगो छ, प्रतियुनिटको २० रुपैयाँ तिर्नुपर्छ,’ उनले भने ‘नेपालमा आएर कारखाना खोल्नुस्, हामी तपाईहरूलाई ६ रुपैयाँमा प्रतियुनिट बिजुली दिन्छौ ।’ आवश्यक कर पनि छुट दिन्छौं, यहाँबाट उत्पादन गरेर अन्य देशमा सप्लाई गर्न सक्नु हुन्छ । कारखाना स्थापना गर्न सरकारले आवश्यक सहयोग गर्नेछ ।’

कृषि व्यवसायले तत्काल रोजगारी सिर्जना गर्न सक्ने र साथै देशलाई आत्मनिर्भर पनि बनाउने भएकोले पनि अर्थमन्त्री शर्माले यस्तो आग्रह गरेका हुन् । ‘कृषि बिना हाम्रो सम्पन्नताको सपना पूरा गर्न सक्दैनौं ।’

कृषि पर्यटन र जलविद्युत हाम्रा उत्पादनका मुख्य क्षेत्र हुन्, तर पछिल्लो समय हामी परनिर्भर बन्दै गएका छौं, अब हामीले साझा प्रतिवद्धता गरेर देशलाई आत्मनिर्भर बनाउनेतर्फ लाग्नु पर्छ । तत्काल रोजगारी सिर्जना गर्ने क्षेत्र हो, यसमा लगानी बढाउनु पर्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स