प्योर इभी दोस्रो वर्षमा प्रवेश, १ वर्षमा ३ सयभन्दा बढी स्कुटर बिक्री

काठमाडौं । नेपाली बजारमा प्योर इभीको स्कुटर बिक्री वितरण शुरु भएको एक वर्ष पुराभई दोस्रो वर्षमा प्रदेश गरेको छ । नेपालका लागि प्योर इभीको आधिकारी वितरण ह्वाइट लोटस मोटर्सले २०७७ कार्तिक २९ गतेदेखि प्योर इभीका स्कुटर बिक्री वितरण शुरु गरेको हो ।

कोभिड–१९ को प्रकोपकाबीच प्योर इभीले बजारमा राम्रो प्रभाव देखिएको कम्पनीका प्रबन्ध निर्देशक अशोक खड्की बताउँछन् ।

‘इलेक्ट्रिक सवारी प्रति नेपाली उपभोक्ताको आकर्षण बढ्दो छ,’ खड्कीले भने, ‘कोभिड–१९ को प्रकोपकाबीच पनि कम्पनीको व्यापार तथा विस्तार सुधार उन्मुख देखिएको छ ।’

पहिलो एक वर्षमा ३ सयभन्दा धेरै प्योर इभीका स्कुटर बिक्री भएको उनले जानकारी दिए । साथै, उक्त अवधिमा कम्पनीले काठमाडौं उपत्यकामा मूख्य शोरुम सहित १२ शोरुम सञ्चालनमा ल्याइरहेको छ ।

कम्पनीले एक वर्षको अवधिमा ब्यापारलाई विविधिकरण गर्दै इलेक्ट्रिक स्कुटरका साथै इलेक्ट्रिक साइकल पनि बिक्री विरतण शुरु गरिसकेको छ ।

ह्वाइट लोटस मोटर्ससँग प्योर इभी इन्ट्रान्स प्लस, प्योर इभी नियो इन्ट्रान्स र प्योर इभी ईप्लोटो ७जी स्कुटर छ । कम्पनीसँग अटोनिक्सका ४ इलेक्ट्रिक साइकल पनि छ । अटोनिक्स गो ३एक्स, अटोनिक्स गो, अटोनिक्स भोल्टीक र अटोनिक्स रेम्बो रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स