सिप्रदीद्वारा सोल्टीमोडमा ‘टाटा इन्जिन चेकअप क्याम्प’ सञ्चालन गर्ने

काठमाडौं । टाटा मोटर्सको नेपालस्थित एक मात्र अधिकारिक बिक्रेता सिप्रदी ट्रेडिंग प्रा. लिले काठमाडौंको सोल्टीमोडमा ‘टाटा इन्जिन चेकअप क्याम्प’ सञ्चालन गर्ने भएको छ ।

यो क्याम्पले टाटाका आइसीई (पेट्रोल र डिजेलमा आधारित ) श्रेणीका एरिआ, बोल्ट, भिस्टा, मान्जÞा, सफारी, स्टोर्म र सुमो जस्ता मोडलहरुलाई लक्षित गरेको छ।

यो क्याम्प यही आश्विन ९ देखि १५ गते सोल्टीमोडमा अवस्थित सिप्रदीको पेसेन्जर भेहिकल (पीभी) सर्भिस सेन्टर शाखामा सञ्चालन हुनेछ। कम्पनीका अनुसार टाटा केयर क्याम्पमा सहभागी हुने ग्राहकहरुले विभिन्न विशेष सुविधा तथा छुट प्राप्त गर्न पनि सक्नेछन्

उनीहरुलाई पार्टपुर्जा र लुब्रीकेन्ट प्रत्येकमा १८ प्रतिशत एवं लेबर चार्जमा ५० प्रतिशतको भारी छुट प्रदान गरिनेछ । इन्जिन ओभरहल गरेबापत ५ हजार नगद फिर्ता (संजीवनी योजना अन्तर्गत ) एवं टप वाशिंग निशुल्क हुनेछ।
यसका अतिरिक्त ग्राहकहरुले इन्जिन, ब्याट्री, सस्पेन्सन, ब्रेक चेकअप लगायत कम्प्युटर परीक्षण जस्ता सुविधा निशुल्क पाउनेछन्।

कम्पनीका अनुसार इन्जिन ओभरहल गरिएको खण्डमा १८ महिना वा ५० हजार किमिको वारेन्टी र दुई पटक निःशुल्क सर्भिस पनि प्राप्त गर्न सकिनेछ। आफ्नो ग्राहकवर्गलाई उत्कृष्ट भन्दा उत्कृष्ट ढंगले सेवा गर्ने आफ्नो प्रतिवद्धता अनुरुप यो क्याम्प आयोजना गर्न लागिएको सिप्रदी जानकारी दिन्छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स