नाडा अटो शोमा टाटाको ६४४ गाडी बुकिङ

काठमाडौं । पछिल्लो समय नेपालमा ईभीको आकर्षण बढिरहँदा भारतीय ब्रान्ड टाटाको पन्च ईभीमा उच्च आकर्षण देखिएको छ । नाडा अटो शो मा टाटाले ६ सय ४४ युनिट गाडी बुकिङ गरेको छ ।

नेपालका लागि आधिकारिक विक्रेता सिप्रदीले नाडा अटो शोमा टाटा ‘पन्च ईभी’ र ‘टियागो ईभी’ बुकिङ गरेको हो । पन्च ईभी ४ सय ७५ र टियागो ईभी १ सय ६९ युनिट बुकिङ भएको कम्पनीले जनाएको छ ।

नाडा अटो शोमा चिनियाँ ब्रान्डका टाटाको गाडीहरूको माग पनि बढेको थियो । नेपाली बजारको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ल्याएका यो ईभी तीन भेरिएन्टमा छ ।

टाटा पन्च ईभी प्लस एस एमआर, एलआई र प्लस एलआर भेरिएन्टमा उपलब्ध छ । प्लस एस एमआरको मूल्य ३३ लाख ९९ हजार, पन्च ईभी इम्पावर्ड एलआईको ३६ लाख ९९ हजार र पन्च ईभी इम्पावर्ड प्लस एलआरको ३८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

कम्पनीले यो गाडी मिडियम र लङ रेन्ज गरी दुई खाले ल्याएको हो । मिडियम रेन्जलाई एमआर र लङ रेन्जलाई एलआर भनिन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स