नाडामा चर्चा पाएको नेटाको ‘एक्स मोडल’

काठमाडौं । नाडा अटो शोमा धेरै किसिमका अटो ब्राण्ड र अटोसँग जोडिएको स्टलहरु राखियो  । ६ दिनसम्म चलेको नाडा अटो शो आज देखि सकिदै छ ।

नाडा अटो शोमा २४ चार पाङ्ग्रे, १९ दुई पाङग्रे र १२ हल्का व्यावसायिक सवारी साधनका ब्राण्डहरू समावेश रह्यो । अन्य ३३ कम्पनीको पनि सहभागीता जनाएको थिए । जसमा लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरू , बैंक, इन्सुरेन्स कम्पनीहरु रहेका थिए । ९५ प्रदर्शकहरू सहभागी भएकोमा १३० वटा स्टलहरू खडा गरिएको थियो ।

नाडाले अर्थतन्त्र नै चलायमान भयो भनेर विश्लेषण भैरहँदा केहि ब्राण्डका केहि मोडलले निकै चर्चा पाएको देखिन्छ ।
यसरी सर्वाधिक चर्चा पाउनेमा सीजी मोटर्स अन्तर्गतको नेटाको एक्स मोडल पनि हो । यो नाडा आटो शो मै सार्वजनिक गरिएको थियो ।

यसका ३ भेरियन्ट अटो शोमा समावेश रहेका छन् । जसमा नेटा एक्स ४०० कम्फर्टको मूल्य ५३ लाख ९९ हजार रुपैयाँ छ । नेटा एक्स ५०० कम्फर्टको मूल्य ५७ लाख ९९ हजार र नेटा एक्स ५०० लक्जरीको मूल्य ६२ लाख ९९ हजार रुपैयाँ छ ।
यो मोडल लुक्स र क्षमता र मूल्यको कारण निकै चर्चा बटुल्न सफल भएको छ ।

यसै पनि नेटा ब्राण्डले नेपाली बजारमा चर्चा पाइरहेको अवस्थामा सिजी मोटर्सले भर्खरै सार्वजनिक गरेको एक्स मोडलले थप चर्चा दिलाउन सफल भएको हो ।

यसमा चासो राख्ने अवलोकन कर्ताहरु धेरै देखिएका छन् ।

नेटा एक्स स्टल नम्बर ए ३ मा रहेको मा नाडा अटो शोको ६ दिनै अवलोकन कर्ता यस स्टमा धेरै जम्मा रहेको पाईएको हो । ५०० किलोमिटरको रेन्जसहित नेटा एक्समा ८ वर्ष वा १ लाख ८० हजार किलोमिटरसम्मको ब्याट्री र मोटर वारेन्टी पाउन सकिनेछ । यसको पावरको कारणले गर्दा पनि अवलोकर्ताले धेरै चासो राखेको बुझिएको छ ।

सीएटीएलको ब्याट्री जडित नेटा एक्सलाई फुल चार्ज गर्न ९ घण्टा लाग्दछ भने फास्ट चार्जमार्फत उक्त गाडीलाई ३० मिनेटमै चार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स