लक्ष्मी ग्रुप हुण्डाईसँगै चिनियाँ ईभीलाई पनि साथ लिएर अघि बढ्दै, यस्ता छन् नाडामा रहेका मोडल

काठमाडौं । लक्ष्मी ग्रुप अटो क्षेत्रमा निकै अघि बढिरहेको छ । हुण्डाईको प्यासेन्जर भेइकलको देशभर नेटवर्क बनाइ सफलता हासिल गरेको यस ग्रुपसँग अहिले विविध ब्राण्डहरु रहेको छ । विश्व चर्चित ब्राण्ड बीएमडब्लु, इशुजु जस्ता गाडी बिक्रि गरेको यस ग्रुपले पछिल्लो समय चिनियाँ इभी गाडीसँग पनि जोडिएको छ ।

लक्ष्मी इ-मोबिलिटीले थप सामग्री चिनियाँ इलेक्टिक अटो ब्राण्ड काइवी गाडी नेपाल भित्र्याएको छ । जीओ अटोमोबाईल्सको सहकार्यमा यो गाडी नेपाल भित्र्याएको हो ।

भृकटी मण्डपमा जारी नाडा अटो शो २०२४ मा समेत यसको मोडलहरु राखिएको छ ।
अटो शोमा ३ वटा मोडलहरु रहेका छन् । जसमा सानो गाडी र एसयुभी पनि रहेको छ । सिटी कारको हिसावले चल्छ भन्ने छ । अटो शोमै तीन वटा नयाँ मोडल लन्च गरेको हो ।

सानोमा रहेको इक्वीट–०२ को मूल्य २० लाख रुपैयाँ रहेको छ । यसले २०० किलोवाटसम्म रेञ्ज दिने बताइएको छ ।
यस्तै अर्को इक्वीट ०४ को ३०० किलो मिटरसम्म रेञ्ज दिने गाडीको मूल्य २४ लाख ९६ हजार रुपैयाँ रहेको छ । एक्स बी प्रो ईभीको डिलक्सको मूल्य ४९ लाख ९६ हजार र फल्यागसिपको मूल्य ४८ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

नाडा अटो शो मा यो गाडी किन्नेले एक वर्षको बीमा, एक वर्षको सडक करको सुविधा पाउने अफर समेत राखिएको छ । लक्ष्मी ग्रुपका कम्यूनिकेशन म्यानेजर सन्दिप शर्माका अनुसार लक्ष्मी ग्रुप बजारको माग अनुसार अघि बढेको बताउँछन् ।

‘हामीले यो अटो शो मा कोर सिटीमा चल्न सहज हुने ईभी पनि ल्याएका छौं’, उनले भने ‘चाइनीज सरकारी कम्पनीसँग टाइअप भएको भेइकल ल्याएका छौं । हुण्डाईको विरासतलाई कायम राख्ने र ख्याती कमाउने सक्ने ईभी भित्रिएको छ । यो बजेटदेखि हरेक हिसाबले सहज र हाई टेक्नोलोजीलाई ध्यानमा राखेर उत्पादन भएको गाडी हो । चीनियाँ सरकारको ज्वाइन्ज भेन्चरको कम्पनी भएकोले यसमा ढुक्न हुन सकिने प्रशस्त स्पेश छ ।

पछिल्लो समय ग्राहकरुको रोजाइ पनि इभीमा भैरहेको र त्यसमा पनि चिनियाँ ब्राण्डमा धेरै चासो रहेको देखिन्छ । त्यसलाई नै मध्येनजर गरेर यस्तो गाडी भित्र्याइएको बताउँछन् ।

उनी भन्छन,‘ काइवी गाडी एक विश्वसचिय गाडी हो । चिनको सरकारी लगानीमा उत्पादित गाडी निकै विश्वाशिलो मान्न सकिन्छ ।’ नेपालमा भित्र्याइएको यो गाडी सबैको रोजाइमा पर्ने उनको भनाइ छ ।

लक्ष्मी ग्रुपले नाडा तथा आफ्नो व्यवसायमा हुण्डलाई पनि अघि बढाउँदै गैरहेको पनि छ । नेपालमै एसेम्बल सुरु गरेको छ । नाडामा पनि पहिलो पटक नेपालमा नै बनेको हुन्डाई भेन्यूलाई पहिलो आकर्षणमा राखेको छ । यो सहित हुन्डाईले थप दुई ओटा गााडीलाई प्रर्दशनीमा राखेको छ ।

लक्ष्मी मेटर कर्पोरेशनले पहिलो पटक नेपालमा नै बनेको हुन्डाई भेन्यू मोडलको कार उत्पादन गरेपनि यो नाडा अटो शोमा पहिलो पटक राखिएकोहो । नेपालमा नै बनेको भएपनि यसको बनावट, गुणस्तर, र यसमा अन्य विशेषता सहित यसको पर्फमेन्सहरु पनि राम्रो रहेको कम्पनीको  भनाइ छ ।

हुन्डाईले २ ओटा गाडीहरु लन्च गरेको छ । २०२४ पहिलेको क्रेटामा अहिले नयाँ अपडेट भएर आएको छ । यसलाई हेर्दा डिजाइनमा फरक देखिन्छ । भने यस भित्र ग्रिल, हेडल्याम, बम्परको डिजाइनमा, रियरमा पनि चेन्ज भएको छ ।

नयाँ मोडलको क्रेटामा १. ५ लिटर एमपीआई पेटोल तथा १.५ लिटर डिजेल इन्जिन जडान गरिएको छ । यो कार टर्बो पेटोल इन्जिनमा पनि उपलब्ध छ ।

यसमा सुरक्षाका लागि ६ एयर ब्याग इलेक्टोनिक स्टेबिलिटि कन्टोल, ३६० डिग्री क्यामेरा रहेका छन् । यसमा कलर एम्बियन्ट, लाईटिड, साउन्ड सिस्टम, ब्लुतुथ्थ कनेक्टेड टेक्नोलोजी समेत रहेको कम्पनीले जनाएको छ । नाडामा पनि यसमा ठूलो आकर्षण देख्न सकिन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स