‘एई फो’ को जिहो इलेक्ट्रिक स्कुटर अब नेपालमा

काठमाडौ । नवीनतम इलेक्ट्रिक स्कुटरमा अग्रणी, जिहोले ‘एई फो’ इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले नयाँ मोडेलले स्मार्ट प्रविधि, उच्च पर्फर्मेन्स र दैनिक सहजताको अद्भुत संयोजन प्रदान गर्दै यात्रा अनुभवलाई सुधार गर्ने लक्ष्य राखेको छ । ऋषि ट्रेड सेन्टर मार्फत उपलब्ध, एई फो ले शहरी जीवनलाई वातावरणमैत्री ढंगले पनि सहज बनाउने विश्वास कम्पनीले लिएको छ ।

‘एई फो’ ले ३ किलोवाट मोटर रहेको उक्त स्कुटर प्रतिघण्टा ६५ किमीको गतिमा गुड्न सक्छ । स्कुटरमा ठूलो चौडा डिकीमा ३१ लिटर भण्डारण क्षमता रहेको छ । स्कुटरमा फराकिलो एक्सएल सिट रहेकोले ग्राहकलाई सहज र व्यावहारिक बनाउँछ, । व्यस्त जीवनमा आवश्यक आराम प्रदान गर्दछ ।

सुरक्षा र नविनतम प्रविधिको मेल
सुरक्षालाई प्राथमिकता दिँदै, एई फोमा रहेको एबीएस र ईटीसीएसले विभिन्न सडक अवस्थाहरूमा उत्कृष्ट नियन्त्रणको प्रदान गर्दछ । अतिरिक्त सुविधाहरूमा कोलिसन वार्मिङ सिष्टम र स्पोप होल्डले प्रत्येक यात्रामा थप आत्मविश्वास प्रदान गर्दछ । स्कुटरको उन्नत एनएफसी की लेस इन्ट्री प्रणाली, र डिजिटल की, पासवर्ड, र मेकानिकलकी जस्ता बहुविधी अनलकिङ तरिकाहरुले सुरक्षा र सहजता दुवै प्रदान गर्दछ ।

स्टाइलिश र स्मार्ट डिजाइन
नेबुला ह्वाइट, नेबुला ब्ल्याक, हेलिओस अरेन्ज, र भेलोसिटी ग्रे जस्ता आधुनिक रङहरूमा उपलब्ध एईफोले सडकमा विशेष प्रभाव पार्छ । भी–शेप लाइटले दृश्यता सुधार मात्र होइन, स्कुटरलाई आधुनिक रूप पनि दिन्छ । जिहो राइड एपको साथ, राइडरहरूले यात्रा इतिहास, ऊर्जा पुनर्जनन, र विभिन्न सुरक्षा सुविधाहरू सहितका महत्वपूर्ण जानकारीहरू प्राप्त गर्न सक्छन्, जसले राइडरहरूलाई निरन्तर जडान र नियन्त्रणमा राख्छ ।

जिहोको बारेमा
जिहो नवीनतम टेक्नोलोजीको माध्यमबाट गतिशीलता को सिमानाहरूलाई धकेल्न समर्पित ब्राण्ड हो । गुणस्तर र प्रविधि विकासमा केन्द्रित रहँदै, जिहोले आजको गतिशील जीवनको आवश्यकता पूरा गर्ने, भरपर्दो र स्टाइलिश इलेक्ट्रिक स्कुटरहरू प्रदान गर्ने लक्ष्य राखेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स